एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीलाई मातृशोक

भरतपुर, १२ कात्तिक ।
गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाका अध्यक्ष वुद्धिसागर सुवेदीलाई मातृशोक परेको छ । उनकी आमा ८३ वर्षीया मनमाया सुवेदीको निधन भएको हो । सुवेदी परिवारलाई समवेदना दिन कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला माडीस्थित उनको निवास पुगेर श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

स्वर्गीय सुवेदीको पार्थिव शरिरलाई आज अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसप्रति आस्था राख्ने सुवेदीको पार्थिव शरिरमा कांग्रेस चितवनका पूर्वसभापति तथा संविधानसभा सदस्य रामकृष्ण घिमिरे, जिल्ला उपसभापति कैलाश कोइराला, सचिव राजिव न्यौपाने, पूर्व सांसद जगन्नाथ पौडेल, माडी नगरसभापति कोमलनाथ भुषाल, महासमिति सदस्य एवम् एनआरएनएका सल्लाहकार वेदप्रसाद खरेलले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

स्वर्गीय सुवेदीको ३ छोरा, १ छोरी छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट