प्रतिसिलिण्डर ५० रुपैयाँले बढ्यो एलपी ग्यासको मूल्य

भरतपुर, १२ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साबिक प्रतिलिटर बिक्री मूल्यमा समान ३/३ रुपैयाँले वृद्धि गरिएको छ । नयाँ […]
वडाध्यक्ष कप फुटबल प्रतियोगिता : सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र झाक्रे फुटबल क्लब फाईनलमा

देवचुली, १२ कात्तिक । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा शुक्रबार सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र झाक्रे फुटबल क्लब विजयी हुँदै फाईनलमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र […]
गैंडाकोट स्वाभिमान बचतको २९ औं साधारणसभा सम्पन्न

गैंडाकोट, १२ कात्तिक । गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत कात्तिक ७ गतेदेखि संस्थाको केन्द्रीय कार्यालयमा शुरु भएको साधारणसभाको शुक्रबार समापन भएको हो । संस्थाले यसअघि आफ्ना चारवटै सेवा केन्द्रहरुमा प्रतिनिधिमूलक साधारणसभा सम्पन्न गरिसकेको छ । श्रीरामपार्टी प्यालेस गैंडाकोट- २ मा शुक्रबार सम्पन्न २९औं साधारणसभालाई […]
एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदीलाई मातृशोक
भरतपुर, १२ कात्तिक । गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाका अध्यक्ष वुद्धिसागर सुवेदीलाई मातृशोक परेको छ । उनकी आमा ८३ वर्षीया मनमाया सुवेदीको निधन भएको हो । सुवेदी परिवारलाई समवेदना दिन कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला माडीस्थित उनको निवास पुगेर श्रद्धाञ्जली व्यक्त गरेकी छन् । स्वर्गीय सुवेदीको पार्थिव शरिरलाई आज अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसप्रति आस्था […]
भरतपुर अस्पतलमा अनलाइनबाट टिकट

भरतपुर, १२ कात्तिक । भरतपुर अस्पतालले अनलाइन टिकट सुरु गरेको छ । अस्पतालले अनलाइनबाट ओपिडी (बहिरङ्ग) टिकट सुरु गरेको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा भरतपुर अस्पतालको वेबसाइटमा गएर टिकट लिन सकिने व्यवस्था गराएको हो । आउँदो आइतबारदेखि अनलाइनबाट टिकट लिन सकिने सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । […]
वडाध्यक्ष कप फुटबल प्रतियोगिता : सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र बरटाँडी सेमिफाईनलमा

देवचुली, १२ कात्तिक । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा बिहिबार सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र बरटाँडी विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र शारदानगरबीच भएको […]
२०७८ कात्तिक १२ गते शुक्रबारको कायाकैरन दैनिक (E-paper)