सिजी ल्याण्डमार्कमा खुल्यो सिजी मल्टिब्राण्ड इलेक्ट्रोनिक शोरुम

भरतपुर, ११ कात्तिक ।
चौधरी ग्रुपले (सिजी)ले नयाँ डिजिटल प्रिमियम मल्टिब्राण्ड इलेक्ट्रोनिक शोरुम भरतपुरको सिजी ल्याण्डमार्क तेस्रो तल्ला टि–५६ मा संचालनमा ल्याएको छ ।

चौधरी ग्रुपले सिजी इलेक्ट्रोनिक्सका सम्पूर्ण ब्रान्ड सिजी, एलजी, टिसीएल, सेन्सेई, केन्ट, पेजोनलगायतका विद्युतीय घरायसी सामग्रीहरु टिभी, वाशिङ मेसिन, फ्रिज, माइक्रोओभन, भ्याकुम क्लिनर, डिसवासरलगायत थुप्रै सानाठूला सामानहरु सहजरुपमा ग्राहक समक्ष पुर्‍याउने उद्देश्यले सिजी डिजीटल प्रिमियम मल्टिब्राण्ड शोरुम बिस्तार गर्दै आएको छ ।

सोहीक्रममा बिहीबार नयाँ शोरुम सिजी डिजिटल ल्याण्डमार्क, भरतपुरमा स्थापना गरेको हो । भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी र होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष केशव हड्खोलेले संयुक्तरूपमा पसलको उद्घाटन गरेका हुन् ।

सिजी इलेक्ट्रोनिक्सका विद्युतीय घरायसी सामग्रीहरुमा ग्राहकले देखाएको विश्वास र चाहनाको कारणले गर्दा कम्पनीले सिजी डिजिटलका आउटलेटहरु बिस्तार गर्दै आएको चौधरी ग्रुपले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट