सिजी ल्याण्डमार्कमा खुल्यो सिजी मल्टिब्राण्ड इलेक्ट्रोनिक शोरुम

भरतपुर, ११ कात्तिक । चौधरी ग्रुपले (सिजी)ले नयाँ डिजिटल प्रिमियम मल्टिब्राण्ड इलेक्ट्रोनिक शोरुम भरतपुरको सिजी ल्याण्डमार्क तेस्रो तल्ला टि–५६ मा संचालनमा ल्याएको छ । चौधरी ग्रुपले सिजी इलेक्ट्रोनिक्सका सम्पूर्ण ब्रान्ड सिजी, एलजी, टिसीएल, सेन्सेई, केन्ट, पेजोनलगायतका विद्युतीय घरायसी सामग्रीहरु टिभी, वाशिङ मेसिन, फ्रिज, माइक्रोओभन, भ्याकुम क्लिनर, डिसवासरलगायत थुप्रै सानाठूला सामानहरु सहजरुपमा ग्राहक समक्ष पुर्याउने उद्देश्यले […]
मौलाकालिका फेदीमा होटल ड्रिम्स संचालनमा

गैंडाकोट, ११ कात्तिक । गैंडाकोटमा होटल ड्रिम्स प्रालि संचालनमा आएको छ । प्रसिद्ध मौलाकालिका मन्दिरको फेदी गैंडाकोट-१ मा बिहीबारदेखि उक्त होटल संचालनमा आएको हो । मौलाकालिका मन्दिर दर्शन गर्न टाढाबाटसमेत आउने आगन्तुकका लागि स्वच्छ र रमणीय वातावरणमा बास बस्न र खाना खानको लागि यो होटल उपयुुक्त हुने संचालकको दाबी छ । ‘मौलाकाली सामुदायिक वनको काख […]
बाँदरझुलाका बासिन्दाले नागरिकता पाए

भरतपुर, ११ कात्तिक । चितवनको माडी नगरपालिका- ९ बाँदरझुलाका बासिन्दाले नागरिकता पाएका छन् । माडी नगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको संयूक्त आयोजनामा नागरिकता वितरण गरिएको हो । बाँदरझुलाकी ७३ वर्षीया हरिमाया प्रजालाई नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता हस्तान्तरण गरेर कार्यक्रमको उद्धघाटन गरेका थिए । सो अवसरमा ७२ वर्षको उमेरमा […]
कात्तिकभित्र पोल भाडा सम्झौता गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ, ११ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै नेपाल विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो । ‘नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता नगरी टेलिफोन÷इन्टरनेट सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकले विद्युत्का पोल प्रयोग गरेको स्थान, परिमाण र […]
अध्यक्ष मिश्रको दस्तावेज पारित

काठमाडौँ, ११ असोज । विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गर्नुभएको दस्तावेज ‘मार्ग परिवर्तनःविचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णयलाई दुईतिहाइभन्दा बढी मतले पारित गरेको छ । स्थानीय तहलाई पुनःर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्तावेजलाई केन्द्रीय […]
प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध

काठमाडौँ, ११ कात्तिक । नेकपा (एमाले) ले प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ । संसदीय मर्यादा कायम गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्ने जस्ता मागसहितका नारा लगाउँदै एमालेले आजको बैठक अवरोध गरेको हो । एमालेको अवरोधपछि अर्को बैठक कात्तिक २९ गते बस्ने गरी स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरूले […]
बेलायतमा २४ घन्टामा करिब ४४ हजार कोरोना संक्रमित

लन्डन , ११ कात्तिक । बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ९४१ जनामा यो सङ्क्रमण देखिएको हो । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ […]
भारतद्वारा अग्नि-५ क्षेप्यास्त्र सफलतापूर्वक प्रक्षेपण

नयाँ दिल्ली, कार्तिक ११। भारतले सतहदेखि सतहसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल, अग्नि(५को सफलतापूर्वक प्रक्षेपण गरेको छ जसले ५,००० किलोमिटर सम्मको लक्ष्यमा प्रहार गर्न सक्छ। रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बुधबार साँझ लगभग ७स्३० बजे ओडिशाको एपीजे अब्दुल कलाम टापुबाट उक्त क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो। तीन चरणको ठोस इन्धन प्रयोग गर्ने यो क्षेप्यास्त्रले उच्च स्तरको […]
१२ वर्षमुनिका बालबालिकाका लागि पनि खोप ल्याइने: मन्त्री खतिवडा

काठमाडौँ, ११ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले १२ वर्षमुनिका बालकालिकाका लागि लगाउने कोरोना भाइरसविरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले भारत र चीनमा १२ वर्षमुनिका बालकालिकाका लागि खोपको परीक्षण भइरहेको र त्यसको सफल परीक्षणपश्चात नेपालले पनि खोप ल्याउने तयारी […]
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनेबारे कुनै छलफल भएको छैन: अध्यक्ष नेपाल

कैलाली, ११ कात्तिक। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग लगाउनेबारे अहिलेसम्म कुनै छलफल नभएको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल, कैलालीद्वारा आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पाँच दलको बैठक बस्न सकेको छैन, […]
कोरोना खोपमा कुनै कमी नहोस: प्रधानमन्त्री देउवा

काठमाडौँ, ११ कात्तिक। प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ । आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै […]
मगन्ते निरुत्साही पार्दै प्रहरी

वीरगञ्ज, ११ कात्तिक । विभिन्न बहानामा भारतबाट नेपाल भित्रिएर मगन्तेको भेषमा सार्वजनिकस्थलमा पैसा माग गर्ने मगन्तेलाई पर्सा प्रहरीले निरुत्साही गर्न थालेको छ । देशकै आर्थिक राजधानी वीरगञ्ज बजार आसपास क्षेत्रमा भारतबाट आएका मगन्तेलाई प्रहरीले नियन्त्रण गर्न अभियान चलाएको हो । त्यस्ता मगन्तेलाई नियन्त्रणमा लिएर नजिकैको वीरगञ्ज बजारभन्दा पारी पुनःभारततर्फ फर्काउन योजना अघि बढाइएको पर्साका प्रहरी […]
आकांक्षी धेरै भएपछि भक्तपुरका चारवटै पालिकाको नेतृत्व चयनमा एमालेलाई सकस

भक्तपुर, ११ कात्तिक । पदाधिकारीदेखि सदस्यसम्ममा आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ । एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मङ्गलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन गर्न […]
कस्तो रहला आजको मौसम?

काठमाडौँ, ११ कात्तिक । देशभर आजको मौसममा आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । अहिले बिहान देशका पहाडी तथा हिमाली भू–भागमा […]
प्रधानमन्त्री देउवा शुक्रबार बेलायत जाँदै

भरतपुर, ११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बेलायत जाने भएका छन् । भ्रमणकाक्रममा प्रधानमन्त्री अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह –एपीपीजी एन) र बेलायत–नेपाल व्यापार तथा […]
२०७८ कात्तिक ११ गते बिहीबारको कायाकैरन दैनिक (E-paper)