गैंडाकोट, ११ कात्तिक ।
गैंडाकोटमा होटल ड्रिम्स प्रालि संचालनमा आएको छ । प्रसिद्ध मौलाकालिका मन्दिरको फेदी गैंडाकोट-१ मा बिहीबारदेखि उक्त होटल संचालनमा आएको हो ।
मौलाकालिका मन्दिर दर्शन गर्न टाढाबाटसमेत आउने आगन्तुकका लागि स्वच्छ र रमणीय वातावरणमा बास बस्न र खाना खानको लागि यो होटल उपयुुक्त हुने संचालकको दाबी छ । ‘मौलाकाली सामुदायिक वनको काख र नारायणी नदीको नजिकमा रहेको यो होटलमा आगन्तुकले मीठो खाना र आरामदायी बास पाउनेछन्’ होटल संचालक सीता सापकोटाले बताइन् । चितवन घुम्न आउने पर्यटकका लागि पनि नजिकैको गन्तव्यको रूपमा गैंडाकोट परिचीत छ ।
होटलमा वातानुकुलित कोठाहरू छन् । थकाली खाना, ढिँडो र लोकल कुखुरा होटल ड्रिम्सको विशेषता रहेको संचालक सापकोटाले बताइन् ।





