प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध

काठमाडौँ, ११ कात्तिक ।

नेकपा (एमाले) ले प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ । संसदीय मर्यादा कायम गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्ने जस्ता मागसहितका नारा लगाउँदै एमालेले आजको बैठक अवरोध गरेको हो ।

एमालेको अवरोधपछि अर्को बैठक कात्तिक २९ गते बस्ने गरी स्थगित भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध पारेका हुन् । पार्टीले कारबाही गरेका १४ जना सांसदलाई सभामुख सापकोटाले पदमुक्त गरिनुपर्ने माग राखेको छ ।

उक्त माग पूरा नभएसम्म संसद चल्न नदिने एमालेको अडान छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट