भरतपुर, १० कात्तिक ।
कोभ्याक्स सुविधाअन्तर्गत चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्ररमण सिंहले चीनबाट १० लाख २० हजार मात्रा काेराेनाकाे भेरोसेल खोप आइपुगेको जानकारी दिए । उनका अनुसार याे खोपलाई टेकुमा रहेकाे भण्डारण केन्द्रमा राखिएको छ ।
यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्समार्फत एक लाख ६ सय २० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो ।





