चीनबाट आइपुग्याे १० लाख मात्रा खोप

भरतपुर, १० कात्तिक । कोभ्याक्स सुविधाअन्तर्गत चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर दीपेन्द्ररमण सिंहले चीनबाट १० लाख २० हजार मात्रा काेराेनाकाे भेरोसेल खोप आइपुगेको जानकारी दिए । उनका अनुसार याे खोपलाई टेकुमा रहेकाे भण्डारण केन्द्रमा राखिएको छ । यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्समार्फत एक […]

`तेल भिसा´मा प्रेमको आरोहण

जीवनमा आइपर्ने हरेक कुरामा बेग्लै खालको मज्जा खोज्न खप्पिस कवि सुरेन्द्र अस्तफललाई नेपाली कवितामा चिनाइरहनु जरुरी छैन । यसका लागि उनका हालसम्म प्रकाशित कृतिहरू ‘शब्दहरू अविराम यात्रामा’ (संयुक्त कवितासङ्ग्रह, २०५७), ‘बिम्बशिविर’ (कवितासङ्ग्रह, २०६१), ‘आमा’ (संयुक्त काव्य, २०७३), हिउँको आरोहण (कवितासङ्ग्रह, २०७४) र ‘तेल भिसा’ (कवितासङ्ग्रह, २०७८) नै काफी छन् । प्रायः प्रेम र यौनका कविता […]

कवि अस्तफलको `तेल भिसा´को गृह विमोचन

भरतपुर, १० कात्तिक । चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफलले आफ्नो ४८औँ जन्मदिनको अवसरमा नवीनतम् कवितासङ्ग्रह ‘तेल भिसा’को गृह विमोचन तथा एकल कविता वाचन गरि जन्मदिन मनाएका छन् । परिषद् भवनमा आयोजित कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष साहित्यकार केदारनाथ खनाल, बुबा भूमिनाथ पौडेल, ससुराबा ईश्वरीप्रसाद रिमाल, पत्नी मीना रिमाललाई मञ्चमा राखेर सङ्ग्रहको गृह बिमोचन गराएका हुन् […]

`क्वारेन्टाइन´माथि चितवनमा छलफल

भरतपुर, १० कात्तिक । हालै सार्वजनिक भएको क्वारेन्टाइन उपन्यासमाथि चितवनमा छलफल गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष पदम विश्वकर्माको उपन्यास क्वारेन्टाइनमाथि सम्पूर्ण किताबमा छलफल गरिएको हो । छलफल कार्यक्रममा प्राध्यापक एलबी क्षेत्री र सुरेन्द्र अस्तफलले पुस्तकका सन्दर्भमा रहेर चर्चा गरे । पुस्तकमा कोरोनालाई मुख्य विषयवस्तु बनाएर लेखिएकोले पुस्तक ऐतिहासिक महत्त्वको भएको प्राध्यापक क्षेत्रीले […]

भोलि ३ बजेसम्म बागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्न आह्वान

भरतपुर, १० कात्तिक । बागमती प्रदेशको मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेका छन् । शर्माले बिहीबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीका लागि दाबेदारी प्रस्तुत गर्न प्रदेसभाका सदस्यहरुलाई प्रदेश प्रमुख शर्माले आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व […]

वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

हेटौंडा, १० कार्तिक । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले राजीनामाको घोषणा गरेकी हुन् । मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन् । प्रदेशसभामा सम्बोधन गर्दै उनले प्रदेशको समृद्धिका लागि प्रतिपक्षीको भूमिकामा […]

न्यायाधीशहरू आन्दोलनमा, प्रधानन्यायाधीश एक्लैले थाले मुद्धाको सुनुवाई

काठमाडौँ, १० कात्तिक । सहकर्मी न्यायाधीशहरूको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज बुधबारबाट एक्लैले मुद्धाको सुनुवाई थालेका छन् । जबराको बर्हिगमन माग्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलास बहिष्कार गरेर थप रणनीतिका लागि छलफलमा बसेपछि उनले बन्दीप्रत्यक्षीकरणसहितका मुद्धा राखेर आफ्नो एकल इजलासमा मुद्धाको सुनुवाई थालेका छन् । दुई दिनसम्म पेसी तोकेपनि आफ्नो इजलास […]

सर्वोच्च अदालतमा सुरक्षा बढाइयो, ‘केरकार’ गरेरमात्रै प्रवेश !

काठमाडौं, १० कात्तिक । सर्वोच्च अदालतमा सुरक्षा बढाइएको छ । अदालत परिसरमा हिजोभन्दा बढी प्रहरी परिचालन गरिएको छ भने प्रवेशमा पनि कडाइ गरिएको छ । प्रवेश पास भएकाहरुलाई पनि ‘केरकार’ गरिएको छ । न्यायाधीश, नेपाललगायतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्दै आएका छन् । तर प्रधानन्यायाधीशले राजीनामा नदिने अडान राख्दै बुधबार पनि सर्वोच्चमा […]