न्यायाधीशहरू आन्दोलनमा, प्रधानन्यायाधीश एक्लैले थाले मुद्धाको सुनुवाई

काठमाडौँ, १० कात्तिक ।
सहकर्मी न्यायाधीशहरूको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज बुधबारबाट एक्लैले मुद्धाको सुनुवाई थालेका छन् ।

जबराको बर्हिगमन माग्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलास बहिष्कार गरेर थप रणनीतिका लागि छलफलमा बसेपछि उनले बन्दीप्रत्यक्षीकरणसहितका मुद्धा राखेर आफ्नो एकल इजलासमा मुद्धाको सुनुवाई थालेका छन् ।

दुई दिनसम्म पेसी तोकेपनि आफ्नो इजलास नतोकेका जबराले राजीनामा नदिने भन्दै आजबाट इजलासमा मुद्धा आफुलाई समेत तोकेका छन् ।

असन्तुष्ट १५ जना न्यायाधीशहरू भने जबराको बर्हिगमन किन भन्‍ने विषयमा साझा लिखित धारणा तय गर्न तीन दिनयता छलफलमै छन् ।

सर्वोच्च अदालत एनेक्स भवनमा उनीहरू रणनीति बनाइरहेका छन् । तर जबराले भने इजलासमा सुनुवाई थालेका हुन् । सुनुवाई थालेपनि बहसका लागि कानुन व्यवसायीहरू भने इजलासमा पुगिसकेका छैनन् ।

एक जना कानुन व्यवसायी इजलासमा पुगेपनि प्रधानन्यायाधीश जबराले पाँच वटा निवेदनमा आदेश दिइसकेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट