भरतपुर, १० कात्तिक ।
हालै सार्वजनिक भएको क्वारेन्टाइन उपन्यासमाथि चितवनमा छलफल गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष पदम विश्वकर्माको उपन्यास क्वारेन्टाइनमाथि सम्पूर्ण किताबमा छलफल गरिएको हो ।
छलफल कार्यक्रममा प्राध्यापक एलबी क्षेत्री र सुरेन्द्र अस्तफलले पुस्तकका सन्दर्भमा रहेर चर्चा गरे । पुस्तकमा कोरोनालाई मुख्य विषयवस्तु बनाएर लेखिएकोले पुस्तक ऐतिहासिक महत्त्वको भएको प्राध्यापक क्षेत्रीले बताए । अर्का टिप्पणीकार अस्तफलले क्वारेन्टाइनमा कोरोनाले प्रभाव पारेको अमेरिकी समाजलाई चित्रण गरिएको बताए ।
पुस्तक साङ्ग्रीला बुक्सले प्रकाशन गरेको हो । पुस्तकको मूल्य ३७५ रुपैयाँ छ । कार्यक्रमको संयोजन सम्पूर्ण किताब नारायणगढले गरेको हो ।





