हराइरहेका चापागाईं नारायणीमा मृत भेटिए

भरतपुर, ८ कात्तिक ।                                      कात्तिक ४ गतेदेखि हराइरहेका भरतपुर-१० का ६४ वर्षीय नुमाकान्त चापागाईको शव नारायणी नदिमा फेला परेको छ ।

परिवारले दिएको निवेदन पश्चात् खोजतलास गर्दा चापागाई सोही दिन बेलुकी ८ बजेतिर नारायणगढ पुलचोकबाट गैँडाकोटतर्फ गएको सिसिटिभी क्यामेराको फुटेजबाट देखिएको थियो । उनी पुनःफर्केको तथा गैँडाकोट पुगेको समेत नदेखिएकोले नारायणी नदी तथा किनारामा खोजतलास गर्दै जाने क्रममा कात्तिक ६ गते अपरान्ह ४ बजेतिर भरतपुर- २८ निउरे चोकस्थित नारायणी नदीको पानीको बिच भँगालोमा चापागाईको शव फेला परेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले मुचुल्ला उठाएर चापागाईंको शव आफन्तको जिम्मा लगाईएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट