वडाध्यक्ष कप फुटबल प्रतियोगिता :अभिषेक चर्च रजहर र फारम खेलकुद समिति विजयी

देवचुली, ८ कात्तिक । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा सोमबार अभिषेक चर्च रजहर र फारम खेलकुद समिति विजयी हुँदै तेस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको केउरानी र अभिषेक चर्च रजहरबीच भएको पहिलो खेलमा अभिषेक […]
वडाध्यक्ष कप फुटबल प्रतियोगिता : झाक्रे र दलदले-१३ विजयी

देवचुली, ९ कात्तिक । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा आइतबार झाक्रे र दलदले १३ विजयी हुँदै तेस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको झाक्रे र अरुणखोलाबीच भएको पहिलो खेलमा झाक्रे १-० गोल अन्तरले विजयी भएको […]
हराइरहेका चापागाईं नारायणीमा मृत भेटिए
भरतपुर, ८ कात्तिक । कात्तिक ४ गतेदेखि हराइरहेका भरतपुर-१० का ६४ वर्षीय नुमाकान्त चापागाईको शव नारायणी नदिमा फेला परेको छ । परिवारले दिएको निवेदन पश्चात् खोजतलास गर्दा चापागाई सोही दिन बेलुकी ८ बजेतिर नारायणगढ पुलचोकबाट गैँडाकोटतर्फ गएको […]
सुडानमा सैन्य कू : प्रधानमन्त्रीसहित नेताहरू सेनाको नियन्त्रणमा

एजेन्सी । सुडानको सेनाले सत्ता कू गरेर प्रधानमन्त्रीसहितका नागरिक नेतालाई नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री अब्दुल्ला हाम्डोकसहित अन्य नेताहरूलाई सेनाले नजरबन्दमा गरेको रिपोर्ट सार्वजनिक भएको छ । यद्यपि, सेनाले भने अहिलेसम्म यस विषयमा कुनै आधिकारिक धारणा दिएको छैन । प्रजातन्त्र समर्थक दलहरूले सेनाविरुद्ध आन्दोलनका लागि आह्वान गरेका छन् । सुडानको मुख्य प्रजातन्त्र समर्थक राजनीतिक दल […]
कांग्रेस सभापतिमा उठ्ने पौडेलको घोषणा

नेपालगन्ज, ८ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा आफू सभापतिमा उठ्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले आफ्नो टिमबाट अन्य नेताले पनि आकाङ्क्षा राखेको भए पनि अन्तिममा सभापतिको एउटै उम्मेदवार हुने बताए । “प्रजातन्त्र भनेको सामूहिक नेतृत्व पनि हो, हामी […]
फूलकोर्टको बैठक बहिष्कार गर्दै न्यायाधीशहरु छलफलमा जुटे

भरतपुर, ८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज सोमबारलाई फूलकोर्ट बोलाएका छन् । तर प्रधानन्यायाधीश जबराले बोलाएको फूलकोर्टको बैठक १४ जना न्यायायाधीशहरुले बहिष्कार गर्ने भएका छन् । न्यायाधीशहरू प्रधान्यायाधीश जबराको सन्दर्भमा के गर्ने भन्ने धारणा बनाउन छलफलमा जुटेका छन् । संविधान, न्याय र स्वतन्त्रतामाथि प्रहार हुँदा सधैं अग्रपंक्तिमा उभिने नेपाल बार एसोसिएसन भने अहिले […]
आइपुग्यो फाइजर खोप

भरतपुर, ८ कात्तिक । कतार एयरवेजको विमानमार्फत आज बिहान फाइजर खाेप काठमाडौं आइपुगेको छ । अमेरिकाले यसअघि पनि नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार खोप अनुदानमा उपलब्ध गराएको थियो । यो खोप एक डोज मात्रै लगाए पुग्ने खोप हो । फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र […]
एमालेको चितवन वडा अधिवेशन: ९० वडामा सर्वसम्मत नेतृत्व चयन

भरतपुर , ८ कात्तिक। एमाले चितवनले जिल्लाका ९८ मध्ये ९० वडा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । आठ वडामा सर्वसम्मत हुन सकेको छैन । ती वडामा पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न गृहकार्य भइरहेको एमाले चितवनका अध्यक्ष पार्वती रावलले बताउनुभयो । यही कात्तिक ५ गते सम्पन्न वडा अधिवेशनमा भरतपुर महानगरका तीन वडा, खैरहनी नगरपालिकामा […]
एमाले महाधिवेशन: नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

भरतपुर , ८ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले दुई स्थान सिफारिस गरेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलले महाधिवेशनको तयारी सुरुआत भएको जानकारी दिनुभयो । यसका […]
२०७८ कार्तिक ८ गते सोमबारको कायाकैरन दैनिक (E-paper)
फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगीलाई

भरतपुर, ८ कात्तिक । कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने एक लाख डोज फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निर्णय सरकारले गरेको छ । यो खोप आज सोमबार नियमति उडानमार्फत अमेरिकाबाट नेपाल आइपुग्नेछ । कोभ्याक्स सुविधाअन्तर्गत अत्यन्त कम संख्यामा आएको हुनाले यो खोप पहिलो चरणमा १२ वर्षमाथिका दीर्घरोगीलाई मात्र दिने निर्णय भएको परिवार कल्याण महाशाखा खोप […]
भारतमाथि पाकिस्तानको शानदार जित

भरतपुर, ८ कात्तिक । टि २० विश्वकपको खेलमा पाकिस्तानले भारतविरुद्ध शानदार जित निकालेको छ । पाकिस्तानले १० विकेटकाे जित दर्ज गरेकाे हाे । युएईमा भएको खेलमा भारतले पहिले ब्याटिङ गरेको थियो । भारत र पाकिस्तानबीच यस खेलभन्दा अगाडि सधैं पाकिस्तान पराजित भएको थियो । तर, आज खेलको सुरुवातमा नै पाकिस्तानले सुन्दर खेल खेल्यो । पाकिस्तानका […]