आइपुग्यो फाइजर खोप

भरतपुर, ८ कात्तिक ।
कतार एयरवेजको विमानमार्फत आज बिहान फाइजर खाेप काठमाडौं आइपुगेको छ ।

अमेरिकाले यसअघि पनि नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार खोप अनुदानमा उपलब्ध गराएको थियो । यो खोप एक डोज मात्रै लगाए पुग्ने खोप हो ।

फाइजर नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सनका खोप लगाइएको छ ।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएन्टेकले निर्माण गरेको यो खोप १२ वर्षमाथिको समूहमा प्रभावकारी देखिएको छ । यो खोप ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।

फाइजरको खोप दीर्घ रोगीलाई लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी छ । आगामी पुसमा थप ६० लाख डोज खोप आएपछि बालबालिकामा लगाउने तयारी छ । नेपालले ६० लाख डोज फाइजर खोप किन्नको लागि सम्झौता गरिसकेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट