सुडानमा सैन्य कू : प्रधानमन्त्रीसहित नेताहरू सेनाको नियन्त्रणमा

एजेन्सी । सुडानको सेनाले सत्ता कू गरेर प्रधानमन्त्रीसहितका नागरिक नेतालाई नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री अब्दुल्ला हाम्डोकसहित अन्य नेताहरूलाई सेनाले नजरबन्दमा गरेको रिपोर्ट सार्वजनिक भएको छ । यद्यपि, सेनाले भने अहिलेसम्म यस विषयमा कुनै आधिकारिक धारणा दिएको छैन ।

प्रजातन्त्र समर्थक दलहरूले सेनाविरुद्ध आन्दोलनका लागि आह्वान गरेका छन् ।

सुडानको मुख्य प्रजातन्त्र समर्थक राजनीतिक दल सुडानी प्रोफेसनल एसोसिएसन (एसपीए)ले जनतालाई सडकमा उत्रन आह्वान गरेको छ ।

एसपीएले विज्ञप्ति जारी गर्दै भनेको छ, ”प्रतिकारसहित सबै सडक बन्द गर्न, हडताल गर्न, सेनाको शक्तिको प्रदर्शनमार्फत सामना गर्न आग्रह गर्दछौं ।”

सेना र नागरिकबीच विगत एक सातादेखि द्वन्द्व जारी छ । रोयटर्सका अनुसार सुडानको सेनाले अधिकांश प्रतिनिधि र प्रजातन्त्र समर्थक नेताहरूलाई पक्राउ गरेको छ । सेनाले इन्टरनेट र फोनको सेवा अवरुद्ध पारेको जनाइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट