भारतमाथि पाकिस्तानको शानदार जित

भरतपुर, ८ कात्तिक ।
टि २० विश्वकपको खेलमा पाकिस्तानले भारतविरुद्ध शानदार जित निकालेको छ । पाकिस्तानले १० विकेटकाे जित दर्ज गरेकाे हाे ।

युएईमा भएको खेलमा भारतले पहिले ब्याटिङ गरेको थियो । भारत र पाकिस्तानबीच यस खेलभन्दा अगाडि सधैं पाकिस्तान पराजित भएको थियो । तर, आज खेलको सुरुवातमा नै पाकिस्तानले सुन्दर खेल खेल्यो ।

पाकिस्तानका लागि खेलको सुरुवातमा नै रोहित शर्माको विकेट लिए, शाहिन अफ्रिदीले । शर्माले एक रन पनि बनाउन सकेनन् ।

त्यस लगत्तै भारतीय ब्याट्सम्यान केएल राहुलको पनि विकेट गयो । उनले आठ बलमा ३ रन मात्र बनाए ।

भारतका लागि सबैभन्दा राम्रो कप्तान विराट कोहलीले खेले । उनले ४९ बलमा ५७ रन बनाए । अन्य ब्याट्सम्यान खासै चल्न सकेनन् ।

१ सय ५२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पाकिस्तानका लागि ओपनिङ ब्याट्सम्यान मोहम्मद रिजवान र कप्तान बाबर अजामले उत्कृष्ट प्रदर्शन गरे । खेलमा दुवैले अर्धशतक प्रहार गरे ।

यी दुईको शानदार खेलका कारण नै पाकिस्तानले पाँच वटा खेलपछि भारतमाथि जित निकालेको हो, टी २० विश्वकपमा ।

१५२ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको पाकिस्तानले १७.५ ओभरमा उक्त लक्ष्य पूरा गर्‍यो

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट