तीन तहका सरकारबीच विपद् व्यवस्थापनमा समन्वय गर्न कांग्रेसको ध्यानाकर्षण

काठमाडौं, ३ कात्तिक ।
सत्तारूढ नेपाली कांग्रेसले बाढीपहिरो पीडितको उद्धार तथा उनीहरूलाई राहत र पुनर्स्थापना लागि तीन तहका सरकारबीच समन्वय गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

आज एक विज्ञप्तिमार्फत कांग्रेसले बाढीपहिरो प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन माग गरेको हो ।

“केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानको कारणले देशका विभिन्न जिल्लाहरूमा जनधनको ठूलो क्षति भएको छ भने जनजीवन अस्तव्यस्त भएको छ । यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनवटै तहका सरकारहरूले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रूपले ध्यान केन्द्रीत गर्न नेपाली कांग्रेस आग्रह गर्दछ,” कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले सम्पर्कविहीनको खोजी तीव्र पार्न, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरूलाई सम्पूर्ण उपचारको व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ ।

कांग्रेसले प्राकृतिक प्रकोपबाट जीवन गुमाएका सबैप्रर्ति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा साहुनुभूति प्रकट गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट