भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान र केशव दाहाललाई पद्मश्री पुरस्कार

भरतपुर, ३ कात्तिक । गायक तथा संगीतकार भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान र लेखक केशव दाहाललाई पद्मश्री पुरस्कारले सम्मानित गरिएको छ । भक्तराज आचार्य भजन शिरोमणिका रुपमा परिचित छन् । केशव दाहाल भने मोक्षभूमि उपन्यासका लेखक हुन् । गायक तथा संगीतकार आचार्यले १६ वर्षको छोटो अवधिमा दर्जनौं कालजयी सिर्जना दिएका छन् । मोक्षभूमि उपन्यासमा लेखक […]
तीन तहका सरकारबीच विपद् व्यवस्थापनमा समन्वय गर्न कांग्रेसको ध्यानाकर्षण

काठमाडौं, ३ कात्तिक । सत्तारूढ नेपाली कांग्रेसले बाढीपहिरो पीडितको उद्धार तथा उनीहरूलाई राहत र पुनर्स्थापना लागि तीन तहका सरकारबीच समन्वय गर्न सरकारको ध्यानाकर्षण गरेको छ । आज एक विज्ञप्तिमार्फत कांग्रेसले बाढीपहिरो प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन माग गरेको हो । “केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरो र […]
तत्काल उद्धार, राहत तथा पुनःस्थापनमा लाग्नुहोस् – प्रधानमन्त्री

काठमाडौँ, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुबानबाट हराइरहेकाको उद्धार, प्रभावितलाई राहत तथा घरबारविहीनको पुनःस्थापनामा लाग्न निर्देशन दिएका छन् । सङ्घीय मन्त्री, विभिन्न प्रदेशका मुख्यमन्त्री, नेपाल सरकारका सचिव, सुरक्षा अधिकारी सहभागी आजको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विपद् व्यवस्थापनमा बजेटको अभाव हुन नदिन अर्थ […]
भरतपुरमा खानेपानी आयोजनाअन्तर्गत ओभरहेड ट्याङ्की शिलान्यास

भरतपुर, ३ कात्तिक । भरतपुर महानगरपालिकामा शारदानगर खानेपानी आयोजना अन्तर्गत ओभरहेड ट्याङ्की शिलान्यास गरिएको छ । महानगरपालिकाको १७, १९ र २० नम्बर वडालाई समेट्नेगरी ५० करोड रुपैयाँ लगानीमा सम्पन्न हुने आयोजनाको बुधबार भरतपुर महानगरपालिका-१९ स्थित मिलडाँडामा महानगर प्रमुख रेनु दाहालले शिलन्यास गरेकी हुन् । सो अवसरमा बोल्दै प्रमुख दाहालले शारदानगर खानेपानी आयोजना भरतपुरको गौरवको आयोजना […]
महिला हिंसाका घटना रोक्नुपर्छ : मन्त्री रेग्मी

भरतपुर, ३ कात्तिक । रासस महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले हत्या, हिंसा र बलात्कारका घटना रोक्ने गरी काम गर्ने बताएकी छिन् । पत्रकारसँग भरतपुरमा कुराकानी गर्दै उनले भएका ऐन, कानूनको कार्यान्वयन र आवश्यकता अनुसार संशोधन गरेर महिला र बालबालिकामाथि हुने गरेका आपराधिक कार्य रोक्न आफू लागिपर्ने बताइन् । कानूनको पूर्णरुपमा कार्यान्वयन गर्नेतर्फ आफ्नो […]
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले बुधबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा बैठक बोलाएका हुन् । विपद् व्यवस्थापन समितिको बैठकलगत्तै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । मनसुन सकिए पनि केही दिनयता अविरल वर्षा र त्यसपछिको बाढी पहिरोले देशको विभिन्न भागमा क्षति पुगेपछि देउवाले राहत, उद्धार […]
प्रदेश नम्बर १ को विद्युत् आपूर्ति बन्द

बिराटनगर, ३ कात्तिक । प्रदेश नम्बर १का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुवान परेपछि मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ । सबस्टेसन डुवानमा परेपछि अहिले त्यहाँबाट विद्यत् आपूर्ति हुने लाइन काटिएको प्राधिकरणका कार्यकारी कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । सोमबारबाट परिरहेको […]
कात्तिक स्नान, तुलसीको विशेष पूजा, आकाशदीप दान शुरु
काठमाडौं, ३ कात्तिक । रासस प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक स्नान, आकाश दीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजाआराधना, आकाश दीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाश दीपदान पाएसम्म बाँस, […]
दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता : लक्ष्मीपुर र झाँक्रे विजयी

देवचुली, ३ कात्तिक । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा मंगलबार लक्ष्मीपुर र झाँक्रे विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर ५ को सहयोगमा समाज सुरक्षा क्लब आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको मंगलबार लक्ष्मीपुर र आयोजक बि बीच भएको पहिलो खेलमा लक्ष्मीपुर २-० गोल अन्तरले […]
गैंडाकोटमा खोजमुलक पत्रकारिता तालिम सुरु

गैंडाकोट, ३ कात्तिक । गैंडाकोटमा खोजमुलक पत्रकारिता तालिम सुरु भएको छ । गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्रमा आजदेखि सुरु भएको तालिममा नवलपुरका क्रियाशील पत्रकारहरू सहभागी छन् । नेपाल पत्रकार महासंघ पूर्वी नवलपरासीले आयोजना गरेको खोजमुक पत्रकारिता तालिम कार्यक्रमलाई सेयरकास्ट इनिसियटिभ नेपाल, गैंडाकोट नगरपालिका र एनईडिले प्रायोजन गरेको हो । तालिममा नवलपुरका २५ जना पत्रकारहरुको सहभागिता […]
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु
महेन्द्रनगर, ३ कात्तिक । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । मंगलबार राति हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–१२ मा श्रीमान र श्रीमातीको मृत्यु भएको हो । जंगली हात्तीको आक्रमणबाट ६६ वर्षीय ध्वजबहादुर कार्की र ५३ वर्षीय मथुरा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपाले जानकारी दिए ।
४ जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त पक्राउ
भरतपुर, ३ कात्तिक । चार जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त साविर अलि मुसलमान पक्राउ परेका छन् । मोतीपुर घटना र औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने कार्यमा प्रत्यक्ष संलग्न भएको आरोपमा मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका- ६ स्थायी घर भएका मुसलमान रुपन्देहीको बुटवल उपमहानगरपालिका- ११ मा डेरामा बस्दै […]