४ जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त पक्राउ

भरतपुर, ३ कात्तिक ।
चार जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त साविर अलि मुसलमान पक्राउ परेका छन् । मोतीपुर घटना र औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने कार्यमा प्रत्यक्ष संलग्न भएको आरोपमा मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका- ६ स्थायी घर भएका मुसलमान रुपन्देहीको बुटवल उपमहानगरपालिका- ११ मा डेरामा बस्दै आएका थिए ।

उनलाई कात्तिक १ गते डेराबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मुसलमानको कोठाबाट ३ थान ब्यानर, माइनटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बरसहितको कागजात १३ थान र २ थान बस्ती विकासको सहयोग रसिद बरामद गरिएको छ ।

मुसलमानमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्धा दर्ता गरिएको र जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको र घटनामा संलग्न अन्य व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट