भक्तराज आचार्यलाई पद्‍मश्री साधना सम्मान र केशव दाहाललाई पद्‍मश्री पुरस्कार

भरतपुर, ३ कात्तिक ।
गायक तथा संगीतकार भक्तराज आचार्यलाई पद्मश्री साधना सम्मान र लेखक केशव दाहाललाई पद्मश्री पुरस्कारले सम्मानित गरिएको छ ।

भक्तराज आचार्य भजन शिरोमणिका रुपमा परिचित छन् । केशव दाहाल भने मोक्षभूमि उपन्यासका लेखक हुन् ।

गायक तथा संगीतकार आचार्यले १६ वर्षको छोटो अवधिमा दर्जनौं कालजयी सिर्जना दिएका छन् ।

मोक्षभूमि उपन्यासमा लेखक दाहालले आजभन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिंजा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरूको मुक्तिको गाथा र गरिमालाई चित्रण गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले यी दुई सम्मान र पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिष्ठानले ‘सेलेक्टेड नेपाली स्टोरिज’ नामक कृति पनि प्रकाशित गरेको छ। सो कृतिको अनुवाद महेश पौडेलले गरेका हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट