दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता : लक्ष्मीपुर र झाँक्रे विजयी

देवचुली, ३ कात्तिक ।
देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा मंगलबार लक्ष्मीपुर र झाँक्रे विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर ५ को सहयोगमा समाज सुरक्षा क्लब आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको खेल मैदानमा संचालित प्रतियोगिताको मंगलबार लक्ष्मीपुर र आयोजक बि बीच भएको पहिलो खेलमा लक्ष्मीपुर २-० गोल अन्तरले विजयी भएको छ भने झाँक्रे र राजमन्दिर बीच भएको दोस्रो खेलमा झाँक्रे १-० गोल अन्तरले विजयी भएको छ ।

नवलपुर जिल्लाका २० वटा भन्दा बढि टिमहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ भने द्वितीय टिमले नगद रु २५ हजार, प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गर्नेछ ।

त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । बुधबारको खेल नमुना युवा क्लब कावासोती र केउरानी साथै गैंडाकोट फुटबल क्लब र फारम खेलकुद समितिबीच हुने आयोजक क्लबका सफल लामिछानेले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट