गैँडाकोट, १ कात्तिक ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) नवलपुरको तेस्रो अधिवेशनले विन्दुकुमार श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । गैँडाकोटमा आज सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा खेमराज सापकोटा, सचिवमा हीरालाल अर्याल, कोषाध्यक्षमा लक्ष्मण कंडेल र सदस्यहरुमा छविलाल कंडेल, भोला दवाडी र निर्मल पाण्डे रहेका छन् ।
हिसानका केन्द्रीय सहकोषाध्यक्ष दीपक राउतको प्रमुख आतिथ्य एवम् हिसानका अध्यक्ष प्राध्यापक हरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले हिसानलाई मजवुत बनाउँदै माथिल्लो उचाईमा लैजानुुपर्ने धारणा राखेका थिए ।





