हिसान नवलपुरमा बिन्दुकुमारले लिए नेतृत्व

गैँडाकोट, १ कात्तिक । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) नवलपुरको तेस्रो अधिवेशनले विन्दुकुमार श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । गैँडाकोटमा आज सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा खेमराज सापकोटा, सचिवमा हीरालाल अर्याल, कोषाध्यक्षमा लक्ष्मण कंडेल र सदस्यहरुमा छविलाल कंडेल, भोला […]
नारायणी पुलबाट हाम फालेर एकजना बेपत्ता

भरतपुर, १ कात्तिक । नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् । पूर्वीनवलपरासीको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ वर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन् । पानीको बहाव हिजोबाट […]
देवचुलीमा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

देवचुली, १ कात्तिक । देवचुली नगरपालिकामा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता- २०७८ आजबाट सुरु भएको छ । समाज सुरक्षा क्लबका अध्यक्ष नवल ढेंगाको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रम देवचुली नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिवलाल सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समुद्घाटनमा बोल्दै वडाअध्यक्ष शिवलाल सापकोटाले वडाले खेलकुद प्रबर्द्धनमा सदैव सहयोग गर्ने बताए । […]
म्यानमारको जेलमा रहेका ५ हजार भन्दा बढी कैदीलाई रिहा गरिने

गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारकोे विरोध गर्दैै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजार भन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमबार बताएका छन् । अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताएका हुन् । यहाँ आयोजित एक […]
माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार फेरि बस्ने

काठमाडौँ, १ कात्तिक । नेकपा माओवादी केन्द्रको सोमबार सुरु भएको स्थायी समितिको बैठक मंगलबार पुनः बस्ने गरि टुंगिएको छ । पार्टीको आगामी सम्मेलनमा केन्द्रित बैठकमा धेरै विषयले प्रवेश पाए पनि आज केही निर्णय नभएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले स्थायी समिति बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठे […]
वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडादर बढ्यो

काठमाडौं, १ कात्तिक । वाग्मती प्रदेशमा संचालन हुने सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । आज कात्तिक १ गतेदेखि लागू हुनेगरी वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते भाडा समायोजन गर्ने निर्णय गरेको हो । अब वाग्मती प्रदेशभित्रका छोटो दुरीमा सार्वजनिक सवारीसाधन चढ्ने यात्रुले चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नुपर्नेछ । ५ किमीसम्म यात्रा गर्न […]
नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते

नुवाकोट, १ कात्तिक । रासस नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुलीहुँदै काठमाडौँ जानेक्रममा आज […]
मध्यविन्दुमा बस दुर्घटना हुँदा ४२ जना घाइते

कावासोती, १ कात्तिक । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको मध्यविन्दु नगरपालिका-१० मा बस पल्टिँदा ४२ जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४७६ नम्वरको बस अरुणखोला र दुम्किबासको बीचमा पर्ने जंगलमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । घाईतेमध्ये ३७ जनालाई उपचारकोलागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा […]