माओवादी केन्द्रको स्थायी समिति बैठक मंगलबार फेरि बस्ने

काठमाडौँ, १ कात्तिक ।
नेकपा माओवादी केन्द्रको सोमबार सुरु भएको स्थायी समितिको बैठक मंगलबार पुनः बस्ने गरि टुंगिएको छ । पार्टीको आगामी सम्मेलनमा केन्द्रित बैठकमा धेरै विषयले प्रवेश पाए पनि आज केही निर्णय नभएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले स्थायी समिति बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठे पनि निष्कर्षमा नपुगिएको बताए ।
उनले स्थायी समितिमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निष्कर्षमा लैजाने जानकारी दिए ।

‘आज स्थायी समितिको बैठक सुरु भयो । खास गरेर आगामी सम्मेलनलाई केन्द्रविन्दुमा राखेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको विषय प्रवेश गरेको छ’, प्रवक्ता महराले भने, ‘विषय निष्कर्षमा पुगेको छैन । भोलि बिहान ८ बजे फेरि स्थायी समितिको बैठक बस्छ र निर्णय हुन्छ ।’

बैठकमा एजेण्डा प्रवेश भएर छलफल सुरु भएकाले भोलिमात्रै निर्णय हुने उनको भनाइ छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाँचदलीय सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका थिए । उक्त विषयमा बैठकमा छलफल भए पनि कुनै टुंगो नलगाइएको बताइएको छ ।

मंगलबारको बैठकपछि मात्रै स्थायी समितिमा उठेका विषयहरुको निर्णय गरिने प्रवक्ता महराले बताएका छन् ।

बैठक पार्टीको राष्ट्रिय सम्मेलनमा केन्द्रित रहेर प्रदेश सम्मेलन, स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण, विभागहरु गठनको बारेमा छलफल भएको छ। पार्टीको स्थायी कमिटीको बैठक मंगलबार बिहान ८ बजे पुनः बस्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट