नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते

नुवाकोट, १ कात्तिक । रासस
नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

बा ४ ख ५७६२ नम्बरको बस किस्पाङ–१ भाल्चेबाट त्रिशुलीहुँदै काठमाडौँ जानेक्रममा आज दुर्घटनामा परेको थियो । छतमासमेत यात्रु राखिएको उक्त बसको ब्रेक फेल भई दुर्घटना भएको बताइएकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट