नारायणी पुलबाट हाम फालेर एकजना बेपत्ता

भरतपुर, १ कात्तिक ।
नारायणी नदीकोको पुलबाट हाम फालेर एकजना बेपत्ता भएका छन् ।

पूर्वीनवलपरासीको गैंडाकोटतर्फबाट पुलमा आएका अन्दाजी ५५ वर्षीय पुरुषले पुलको बीच भागबाट हामफालेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टका अनुसार हामफालेका पुरुषको खोजी भैरहे पनि अहिलेसम्म फेला परेका छैनन् ।

पानीको बहाव हिजोबाट बढेको र धमिलो भएकोले उद्धारकार्य जारी भएपनि फेला नपरेको विष्टले बताए ।
हाम फालेर बेपत्ता हुनेले पुलमाथि टोपी, गञ्जी र २ हजार तीनसय रुपैयाँ नगद छाडेको तर अन्य परिचय खुल्ने कुनै प्रमाण फेला नपरेको प्रहरी निरीक्षक बिष्टले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट