कावासोती, १ कात्तिक ।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको मध्यविन्दु नगरपालिका-१० मा बस पल्टिँदा ४२ जना घाईते भएका छन् ।
ईलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार त्रिवेणीबाट काठमाडौँका लागि छुटेको लु १ ख ९४७६ नम्वरको बस अरुणखोला र दुम्किबासको बीचमा पर्ने जंगलमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।
घाईतेमध्ये ३७ जनालाई उपचारकोलागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याईएको छ भने बाँकी ५ जनाको दुम्किबास पोलिक्लिनिकमा उपचार भैरहेको प्रहरीले बताएको छ ।
बस घटनास्थलमै रहेको साथै चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ ।





