काठमाडौं, ३१ असोज ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
दम रोगबाट पीडित उनलाई समस्या देखिएपछि आइतबार उपचारका लागि अस्पताल पुर्याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । अस्पतालमा आज नै उनको छातीको परीक्षण गरिएको छ ।





