झलनाथ खनाल वरिष्ठबाट बने सम्मानित नेता

भरतपुर, ३१ असोज । नवगठित नेकपा एकीकृत समाजवादीले झलनाथ खनाललाई सम्मानित नेता बनाएको छ । यसअघि नेता खनाललाई वरिष्ठ नेता भन्दै आएको सो पार्टीले हालै जारी अन्तरपार्टी निर्देशन (अपानीमा) मा नेता खनाललाई सम्मानित नेताको दर्जा दिएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय कमिटी सदस्य संख्या विस्तार गर्दै गरिएको कार्यविभाजनमा खनाल […]

चितवनमा दशैँ अवधिमा दुर्घटनामा परेर ९ जनाको मृत्यु

भरतपुर, ३१ असोज । रासस दशैँको समयमा चितवनमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा ९ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए । २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले […]

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं, ३१ असोज । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । दम रोगबाट पीडित उनलाई समस्या देखिएपछि आइतबार उपचारका लागि अस्पताल पुर्‍याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । अस्पतालमा आज नै उनको छातीको परीक्षण गरिएको छ […]

वज्रपात (कविता)

वज्रपात ! म द्वारमा नै छु कालको संघारमा नै छु तिमी भने भित्रै गयौ द्वारिका मभन्दा निकै नै पछि तिम्रो पालो आउँथ्यो यमदूतले तिमीलाई किन अकस्मात डाके इमानदार बनेर यात्राकै पंक्तिमा रहेका तिमीलाई किन यति छिटो भित्रै राखे विधिको यो विधानलाई । ज्ञानले पनि लत्याउनु पर्थ्यो विज्ञानले पनि भत्काउनु पर्थ्यो यस्तो विसंगत पक्षपात ईश्वरीय अदालतले […]

चार जिल्ला कोभिड संक्रमणको रेड जोनमा

काठमाडौं, ३१ असोज । कोभिड–१९ को जोखिमका हिसाबले हाल देशभरका चारवटा जिल्ला रेड जोनमा छन् । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रेड जोनमा परेका हुन् । यीबाहेक अन्य जिल्लामा सक्रिय संक्रमितको संख्या २०० भन्दा कम रहेको छ भने हालसम्म कुनै पनि जिल्ला संक्रमणमुक्त हुन सकेका छैनन् । त्यस्तै काठमाडौं […]

लेखक द्वारिका नेपालको निधन

भरतपुर, ३१ असोज । साहित्यकार, पत्रकार एवम् प्राध्यापक द्वारिका नेपालको निधन भएको छ । असोज २५ गते अकस्मात मस्तिष्कघात भै अर्धचेत भएका उनको उपचारको क्रममा आइतबार बिहान काठमाडौँस्थित ग्राण्डी इन्टरनेशन अस्पतालमा निधन भएको हो । नेपाल पत्रकार महासंघ चितवनका साधारण सदस्य, प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीका सदस्यसमेत रहेका नेपाल चितवनको कालिका एफएम तथा कालिका […]