वज्रपात !
म द्वारमा नै छु
कालको संघारमा नै छु
तिमी भने भित्रै गयौ द्वारिका
मभन्दा निकै नै पछि
तिम्रो पालो आउँथ्यो
यमदूतले तिमीलाई
किन अकस्मात डाके
इमानदार बनेर
यात्राकै पंक्तिमा
रहेका तिमीलाई
किन यति छिटो भित्रै राखे
विधिको यो विधानलाई ।
ज्ञानले पनि लत्याउनु पर्थ्यो
विज्ञानले पनि भत्काउनु पर्थ्यो
यस्तो विसंगत पक्षपात
ईश्वरीय अदालतले नि गर्न थाल्यो
सांसारिक कर्मबाट सन्न्यास लिन नपाउँदै
असमयमै वज्रपात पर्न थाल्यो ।





