राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन

काठमाडौं, २६ असोज ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छन् ।

नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् ।

समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र सैनिक ब्याण्डबाट मालश्री र दुर्गा स्त्रोत्रका धुन प्रस्तुत भयो ।

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम गरिदै आएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी थिए ।

मन्त्रिगण, संवैधानिक निकायका प्रमुुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुुरक्षा निकायका प्रमुुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुुभाव समारोहमा उपस्थित थिए ।

बढाइँ समारोहमा आएका विशिष्ठ पाहुनालाई बलाध्यक्षरथी बालकृष्ण कार्कीले स्वागत अभिवादन गरे । फूूलपाति बढाइँको नेपाल टेलिभिजनलगायतका विद्युुतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेको थिए । टुुँडिखेल वरपर सर्वसाधारणले चाखपूर्वक बढाइँ हेरिरहेका देखिन्थ्यो ।
रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट