राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन

काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छन् । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ गरियो । त्यस अवसरमा इज्जत […]

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

सुर्खेत, २६ असोज । कर्णाली प्रदेशको मुगु जिल्लामा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायानाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । ३९ […]

अशक्त र अपांगता भएकालाई घरमै लगेर भत्ता दिइन्छ- मन्त्री रेग्मी

भरतपुर, २६ असोज । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी गृहजिल्ला चितवन आएकी छन् । बहुदल आएपछि चितवनले फुलमन्त्री पाएको भन्दै पञ्चेबाजासहित उनको भव्य स्वागत गरिएको छ । मन्त्री रेग्मीले घरघर पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताइन् । गृहजिल्ला भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अशक्त तथा […]