अशक्त र अपांगता भएकालाई घरमै लगेर भत्ता दिइन्छ- मन्त्री रेग्मी

भरतपुर, २६ असोज ।
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी गृहजिल्ला चितवन आएकी छन् । बहुदल आएपछि चितवनले फुलमन्त्री पाएको भन्दै पञ्चेबाजासहित उनको भव्य स्वागत गरिएको छ ।

मन्त्री रेग्मीले घरघर पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताइन् । गृहजिल्ला भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अशक्त तथा अपांगता भएकाहरुलाई घरै लगेर भत्ता बाँड्न पहल गर्ने आश्वासन दिइन् ।
हुनेखानेलाई बैंकसम्म पुग्न समस्या नभए पनि हुँदाखाने वर्गलाई समस्या हुने भएकाले घरघरमै लगेर भत्ता वितरण गर्नुपर्ने उनले बताइन् । उनले यसका लागि आफू भएर लागि परेको बताइन् ।
‘अरुले नखोजेको, मैले रोजेकै मन्त्रालय रोजेर मन्त्री बनेको छु’, उनले भनिन्, ‘धेरै समस्या छन्, हिंसालाई न्यूनीकरण गर्न लाग्नेछु, भएका कानूनलाई कडारूपमा कार्यान्वयन गर्न लाग्छु ।’

तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने लगायतका महत्त्वपूर्ण अध्यादेशहरु फेरि सक्रिय बनाइने उनको भनाइ छ । उनले भनिन्, ‘ती अध्यादेशहरू क्यान्सिल भएका होइनन्, एमालेले हाउस घेरेकाले सहज नभएको हो ।’

हिजो वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवाले सत्ता र पदका लागि मनपरि निर्णय गरेको आरोपको खण्डन उनले खण्डन गरेकी छन् । ‘प्रतिपक्षमै बसौं, लोभ नगरौं भन्दा रामचन्द्रजीले नै पव्लिक सभामै सत्ताको नेतृत्व लिनुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ भनेको सबैलाई थाहा छ । त्यो उहाँको महाधिवेशनको नारामात्रै हो ।´

मन्त्री रेग्मीले कोरोना भाइरसका कारण अहिले बालबालिकाहरु बढी प्रभावित बनेको भन्दै सबै विद्यालयहरु संचालनका लागि बालबालिकाहरुमा पूर्णरुपमा खोप लगाउने कामका लागि मन्त्रालय लागि परेको बताइन् ।

दुर्गम भेगका बालबालिकाहरु अनलाइन कक्षाबाट पनि बञ्चित भएको अवस्थामा अब भौतिक रुपमै कक्षाहरु संचालनका लागि वातावरण बनाउने मन्त्री रेग्मीले बताइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट