भरतपुर, २१ असोज ।
भरतपुर महानगरपालिका वडा नम्वर- १२ मुनालचोकमा अवस्थित आमाको माया छात्रावासमा लायन्स क्लब अफ वाङमय चितवनले त्यहाँ आश्रित १६ बालिकाहरुका लागि खाना खुवाउने कार्यक्रम गरेको छ । साथै शैक्षिक सामग्री, लत्ताकपडा, सेनेटरी प्याडलगायतका सामग्रीसमेत वितरण गरेको छ ।
आश्रममा आश्रय लिएर बसेका बालिकाहरुलाई लक्षित गर्दै लायन्स क्लब अफ चितवन वाङमयले यो कार्यक्रम गरेको वाङमयकी अध्यक्ष हरिप्रिया रिजालले बताइन् । वाङमयले आफ्नो आश्रममा कार्यक्रम राखेकोमा प्रशंसा गर्दै आगामी दिनमा पनि लायन्स क्लबले नियमितरूपमा यस्ता कार्यक्रमहरू आयोजना गर्न र अन्य संघसस्था हरुलाईसमेत सहयोगको लागि आग्रह गर्दै आश्रमकी संस्थापक सदस्य शर्मिला हमालले क्लबलाई धन्यवाद दिइन् ।
लायन्स क्लब अफ वाङमय चितवनकी सदस्य भावना तिमिल्सिना `काव्यलता´ले आफ्नो जन्मदिन पारेर उक्त कार्यक्रमको संयोजन गरेकी हुन् ।
क्लबका तृतीय उपाध्यक्ष होमनाथ घिमिरेले स्वागत मन्तव्य दिएको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष रामहरि श्रेष्ठले वाङमय सामाजिक एवं साँस्कृतिक परिवर्तनका लागि अनवरतरुपमा क्रियाशील रहेको र आगामी दिनमा रचनात्मक र सामाजिक कार्यक्रमहरु गर्ने प्रतिबद्धता जनाए ।
लायन्स क्लब अफ वाङमय चितवनकी अध्यक्ष हरिप्रिया रिजालको सभापतित्वमा मा सम्पन्न भएको कार्यक्रममा सावित्री ढकाल, पुष्प अधिकारी अञ्जलि, कृष्णप्रसाद खनाल, राजेन्द्र पौडेल, बलराम दाहाल, दिलकुमारी नेपाल, इन्दिरा अधिकारीलगायतको उपस्थिति थियो । कार्यक्रमलाई क्लबका सचिव सुजन अधिकारीले सहजीकरण गरेका थिए ।





