सुरेन्द्र अस्तफलको कवितासङ्ग्रह ‘तेल भिसा’ सार्वजनिक

काठमाडौं, २१ असोज । कवि तथा लेखक सुरेन्द्र अस्तफलको नयाँ कवितासङ्ग्रह ‘तेल भिसा’ सार्वजनिक भएको छ । अस्तफलको कवितासङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षमा बिहीबार एक समारोहबिच सार्वजनिक गरिएको हो । अस्तफलको यस अगाडि ‘शब्दहरू अविराम यात्रामा’, ‘आमा’, ‘बिम्बशिविर’ र ‘हिउँको आरोहण’ गरि चार कृति प्रकाशित भइसकेका छन् । शिक्षण पेशामा संलग्न अस्तफल चितवन […]

वाङमय चितवनको कार्यक्रम आमाको माया छात्रावासमा

भरतपुर, २१ असोज । भरतपुर महानगरपालिका वडा नम्वर- १२ मुनालचोकमा अवस्थित आमाको माया छात्रावासमा लायन्स क्लब अफ वाङमय चितवनले त्यहाँ आश्रित १६ बालिकाहरुका लागि खाना खुवाउने कार्यक्रम गरेको छ । साथै शैक्षिक सामग्री, लत्ताकपडा, सेनेटरी प्याडलगायतका सामग्रीसमेत वितरण गरेको छ । आश्रममा आश्रय लिएर बसेका बालिकाहरुलाई लक्षित गर्दै लायन्स क्लब अफ चितवन वाङमयले यो कार्यक्रम […]

नारायणगढमा लक्जरी लाईट्सको सेवा आरम्भ

भरतपुर, २१ असोज । चितवनको विकसित बजारलाई लक्षित गरेर नारायणगढमा लाईट हाउसले सेवा सुरु गरेको छ । घरमा प्रयोग हुने विद्युतीय लाईटको अत्याधुनिक सोरुम ‘ लक्जरी लाईट्स ’ संचालनमा आएको छ । सोरुमको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले उदघाटन गरेका हुन् । नेपाली ब्राण्ड ‘अर्किड´ले गुणस्तरीय लाईटहरु उपलब्ध गराउने जनाईएको छ । उक्त […]

बजार गुलजार, न्यून व्यापार

भरतपुर, २१ असोज । हिन्दूहरूको विशेष पर्व दशैंको आगमनसँगै नारायणगढ बजारमा मानिसहरुको चहलपहल बढेको छ । मानिसहरू दशैंको किनमेलको लागि बजारमा आउन थालेका हुन् । लामो समय कोरोना महामारीका कारण प्रभावित बजारक्षेत्रमा अहिले ग्राहकहरुको भीडभाड देखिन्छ । चाडपर्व नजिकिएसँगै व्यवसायी आशावादी बन्दै गएका छन् । नारायणगढ मिलनरोडका मिलन किचन स्टोर्सका सञ्चालक राकेशकुमार अग्रवाल व्यापारले बिस्तारै […]

निजी ओपिडीमा अस्वाभाविक मूल्यवृद्धि (सम्पादकीय)

`अरुलाई अरु नै रन्को, घरज्वाइँलाई खानकै रन्को’ भन्ने नेपाली उखान छ । यो उखानलाई चरीतार्थ गर्दै चितवनका निजी अस्पतालहरुले कोरोना महामारीकै बेला पारेर ओपिडी (बहिरंग) टिकट शुल्कमा २० देखि ४० प्रतिशतसम्म मूल्यवृद्धि गरेका छन् । ओपिडी टिकट शुल्क पहिले पाँच सय रुपैयाँ लिइरहेका निजी अस्पतालले अहिले कतै छ सय त कतै सात सय लिइरहेका छन् […]