भरतपुर, २१ असोज ।
चितवनको विकसित बजारलाई लक्षित गरेर नारायणगढमा लाईट हाउसले सेवा सुरु गरेको छ । घरमा प्रयोग हुने विद्युतीय लाईटको अत्याधुनिक सोरुम ‘ लक्जरी लाईट्स ’ संचालनमा आएको छ ।
सोरुमको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले उदघाटन गरेका हुन् । नेपाली ब्राण्ड ‘अर्किड´ले गुणस्तरीय लाईटहरु उपलब्ध गराउने जनाईएको छ । उक्त लाईट हाउसले लायन्सचोकस्थित भरतपुर ओरालोमा सेवा सुरु गरेको हो ।
सेवा शुभारम्भ कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले युवा व्यवसायीले चितवनमा नयाँ खालको व्यवसाय ल्याएको बताए ।
घर तथा होटल, रिसोर्टमा प्रयोग हुनका लागि सुहाउँदो सामग्रीको लागि परामर्श समेत दिईने संचालक सुवास कंडेलले बताए । चितवनका मान्छेलाई काठमाडौं जना नपर्ने गरी सोरुम संचालन गरेका हौँ ’ उनले भने- `सामग्री मात्रै होईन, कस्तो लाइट सुहाउँछ त्यसको परामर्श पनि दिन्छौँ । हामीले घरमा प्रयोग हुने झुमर, आधुनिक लाईट्सको व्यवसाय सुरु गरेका हौँ ।´
तीन जना युवा व्यवसायी मिलेर सोरुम सुरु गरेका हुन् । विगत २८ वर्षदेखि विद्युतीय सामानको कारोवार गर्दै आएको टोलीले चितवनमा व्यवसाय सुरु गरेको हो । ‘ घरमा हुने उज्यालोको लागि विशेषज्ञ परामर्श हुन्छ ’ संचालक मध्ये कमल कुँवरले भने- `चितवनमा काठमाडौंको व्यवसायलाई लक्षित गरेका हौँ ।’ आधुनिक किसिमका लाइट्सको लागि अब काठमाडौँ जानपर्ने बाध्यता हटेको कुँवरले बताए ।





