गैँडाकोट, २० असोज ।
नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
मंगलबार गैंडाकोटमा आयोजित कार्यक्रममा सामुदायिक वनले विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने स्थानीयलाई सम्मान पनि गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नरपालिकाका प्रमुख छत्रराज पौडेलले नारायणी सामुदायिक वन उपभोक्ता समूहले छोटो समयमा धेरै र उपलब्धिमुलक कार्यक्रम गरेको बताए । साथै आगामी दिनमा नयाँ कार्यसमितिले पनि नयाँ र प्रत्यक्ष उपभोक्ताले लाभ लिनसक्ने कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिका उपप्रमुख बिष्णुकुमारी कंडेलले वनको महत्त्वपूर्ण पदमा महिला सहभागिता ५० प्रतिशत बढाएर नयाँ समितिलाई अगाडि बढन आग्रह गरिन् । वनले आफ्ना उपभोक्ताको आर्थिक अवस्था मजबुत वनाउन अगाडि बढ्दै गएको समेत बताइन् ।
नारायणी सामुदायिक वन उपभोक्ता समूहको नवौँ वार्षिक साधारणसभामा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटाले लक्षित वर्गको कार्यक्रम सञ्चालन गर्दा सामुदायिक वन, टोलसुधार समिति र अन्य क्षेत्रको लगानी एकैठाउँमा सञ्चालन गरेर उपभोक्तालाई स्वरोजगार बनाउनतर्फ लाग्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै सवडिभिजन वन कार्यालय गैँडाकोटका प्रमुख सुर्यसिंह गुरुङले लक्षित वर्ग कार्यक्रम सञ्चालन गर्दा एउटै कार्यक्रम सञ्चालन गर्ने र धेरै उपभोक्ताले लाभ लिनसक्ने कार्यक्रम गर्नसके वनले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी वन्ने बताए ।
कार्यक्रममा सचिवको प्रतिवेदन सचिव उमाकुमारी पाण्डे, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष नेत्रराज सापकोटा, लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रेमबहादुर कुमाल अकेलाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गैँडाकोट- ७ का वडाध्यक्ष चोलानाथ उपाध्याय, गैँडाकोट- ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटा, नारायाणी माध्यमिक विधालयका प्रधानाध्यापक मिलन श्रेष्ठ, जयश्री सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टोलनाथ घिमिरे, बालुराम कुमाल, कल्पना देवकोटा, एकविर हमाल, कविर गौतमले शुभकामना मन्तव्य राखेका थिए ।
वनले नवौँ वार्षिक साधारणसभाको अवसरमा लामो समयदेखि वन र अन्य संघसंस्थामा रहेर योगदान गरेबापत गैँडाकोट- ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटा र उपभोक्ता बालुराम कुमाललाई अभिनन्दन गरेको थियो । वर्षका उत्कृट कर्मचारीको रूपमा लक्ष्मी चौधरी र लीलाधर सापकोटालाई पनि सम्मान गरेको थियो ।
कुल १३१९ उपभोक्ता सदस्य रहेको सामुदायिक वनले समूहक्षेत्र भित्रका उपभोक्ता सदस्यलाई मृत्युवरणमा दाहासंस्कारका लागि नि:शुल्क दाउरा उपलब्ध गराउने गरेको र समूह क्षेत्रभित्रका गरिब विपन्न परिवारको छनोट गरि खानेपानी धाराहरु वितरण गर्ने जस्ता महत्वपूर्ण कार्य सञ्चालन गरेको नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनानाथ त्रिपाठीले जानकारी दिए ।
नारायणी माध्यामिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा वनका उपाध्यक्ष वेदप्रसाद चालिसेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव उमाकुमारी पाण्डेले गरेकी थिइन् ।
वनले नवौँ वार्षिक साधारणसभाको अवसरमा लामो समयदेखि वन र अन्य संघसंस्थामा रहेर योगदान गरेबापत गैँडाकोट- ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटा र उपभोक्ता बालुराम कुमाललाई अभिनन्दन गरेको थियो । वर्षका उत्कृट कर्मचारीको रूपमा लक्ष्मी चौधरी र लीलाधर सापकोटालाई पनि सम्मान गरेको थियो ।




