चितवन प्रहरीले मनायो ६६औँ प्रहरी दिवस, प्रहरीमा रूपान्तरण हुनुपर्ने नागरिक समाज तथा पेशाकर्मीको माग

भरतपुर, २० असोज । चितवन जिल्ला प्रहरी कार्यालय चितवनले पनि ६६औँ प्रहरी दिवस मनाएको छ । बुधबार कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरी उसले प्रहरी दिवस मनाएको हो । कार्यक्रममा अमर प्रहरीका परिवारका सदस्यलाई सम्मान गर्नुका साथै आफ्नो कर्तव्य पालनाको क्रममा शाहदात प्राप्त गरेका प्रहरी कर्मचारीको सम्झना पनि गरिएको थियो । भरतपुर महानगरपालिका प्रमुख रेणु […]
नारायणी सामुदायिक वनको नवौँ साधारणसभा सम्पन्न

गैँडाकोट, २० असोज । नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटको वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार गैंडाकोटमा आयोजित कार्यक्रममा सामुदायिक वनले विभिन्न क्षेत्रमा रहेर योगदान पुर्याउने स्थानीयलाई सम्मान पनि गरेको छ । कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नरपालिकाका प्रमुख छत्रराज पौडेलले नारायणी सामुदायिक वन उपभोक्ता समूहले छोटो समयमा धेरै र उपलब्धिमुलक कार्यक्रम गरेको बताए । […]
नेपाल रग्बी संघ चितवन शाखाको कार्यसमिती गठन

भरतपुर,२० असोज । नेपाल रग्बी संघ चितवन शाखाको कार्यसमिती गठन गरिएको छ । बुधवार संघको पहिलो बैठकबाट सुमन पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिती गठन गरिएको हो । संघको उपाध्यक्षमा गोविन्द पौडेल ,सचिवमा डेन बहादुर थापा, सहसचिवमा बिनिता पौडल र कोषाध्यक्षमा उत्तम सुवेदी चयन भएका छन् । यस्तैगरी सदस्यमा सागर कार्की, विमोचन आर्चाय , दुर्गा थापा […]
माओवादीबाट मन्त्री बन्नेहरूको लाग्यो टुंगो

काठमाडौं, २० असोज । मन्त्रीमण्डल विस्तारका लागि नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री […]
नयाँ नोटको उत्साह (फोटोफिचर)

भरतपुर, २० असोज। भरतपुर महानगरपालिका कृष्णपुरका बाबुराम तिवारीले चौबिसकोठीमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा झण्डै तीन घण्टा कुरेर नयाँ नोट साटे । गैँडाकोटका लक्ष्मण ज्ञवालीले पनि दुई घण्टा कुरेर मात्रै नयाँ नोट हातमा परेको बताए । नयाँ नोट हातमा परेपछि दशैँको आगमन महसुस भएको उनीहरुले सुनाए । ‘दशैँ आएपछि नयाँ नोटले छुट्टै उमंग दिन्छ । […]
भरतपुरमा २३९ विद्यार्थीलाई छात्रवृत्ति

भरतपुर, २० असोज । भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत २३९ छात्र–छात्रालाई दुई वर्षका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी संस्थागत विद्यालयमा अध्ययन गर्न चाहेका छात्रछात्रालाई छनोट गरी छात्रवृत्तिको सिफारिस गरेको हो । नेपाल सरकारको साविक शिक्षा ऐन र महानगरको शिक्षा ऐन एवं कार्यविधिमा संस्थागत विद्यालयले न्यूनतम १० प्रतिशत छात्रवृत्ति […]
नवलपुर र चितवनका थारू समुदायले ‘यमोसा’ मनाउँदै

नवलपुर, २० असोज । नवलपुर र चितवनका थारू समुदायले मात्रै मनाउँदै आएको ‘यमोसा’ पर्व आज मनाइँदै छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० नवलपुर र चितवनका मूल आदिवासी थारू समुदायले सांस्कृतिक तथा धार्मिकरूपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाइँदै छ । लोप हुने अवस्थामा पुगेकाले ‘यमोसा’ पर्वलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस वर्ष […]
२०७८ असोज २० गते बुधबारको कायाकैरन दैनिक (E-Paper)
कविता: फेरि उही मोडमा

त्यही मोडमा आइपुगेको छु फेरि जहाँबाट छुटेको थिएँ म गह्रौँ मन लिएर केही वर्षअघि अस्पतालको बार्दलीभित्र कैद रहन्छु बाहिर कल्याङकुलुङ सधैँ मडारिरहन्छ सधैँ चियाइरहेछन् जस्तो लाग्छ भिजेका केही थान नाङ्गा आँखाहरुले ! आशाको विश्राम लिन खोज्नेहरु त थिए सधैँ मलाई दु:ख बिसाउने चौतारो मान्नेहरू पनि थिए प्राय: कुम, कम्मर र घुँडा दुखेका जनहरु हुन्थे मेरुदण्ड […]