नेपाल रग्बी संघ चितवन शाखाको कार्यसमिती गठन

भरतपुर,२० असोज ।

नेपाल रग्बी संघ चितवन शाखाको कार्यसमिती गठन गरिएको छ । बुधवार संघको पहिलो बैठकबाट सुमन पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिती गठन गरिएको हो ।

संघको उपाध्यक्षमा गोविन्द पौडेल ,सचिवमा डेन बहादुर थापा, सहसचिवमा बिनिता पौडल र कोषाध्यक्षमा उत्तम सुवेदी चयन भएका छन् । यस्तैगरी सदस्यमा सागर कार्की, विमोचन आर्चाय , दुर्गा थापा र सबिता अधिकारी चयन भएका छन् ।
सन २०१८ सेप्टेम्बर महिनामा पहिलो पटक चितवनमा रग्बी खेल प्रवद्र्धन र खेलाडी उत्पादनमा विशेष भूमिका निभएका युवा उत्प्रेरक विनोद पौडेलको संरक्षकत्वमा चितवन रग्बी संघको गठन भएका कोषाध्यक्ष सुवेदीले जानकारी दिए । संघको सल्लाहकारमा भरतपुर वडा नं ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्ले,भरतपुर महानगर प्रमुख रेनु दाहाल र व्यवसायी मनिस गोस्वमी रहेका छन् ।
बैठकमा नेपाल रग्बी संघका केन्दिय अध्यक्ष टंकलाल घिसिङले नेपालमा रग्बी खेलको सम्भावन र चुनौतीको बारेमा मन्तव्य राखेका थिए । यस्तैगरी नवनिर्वाचित अध्यक्ष सुमन पौडेलले जिल्लामा रग्बी खेलको विकास गर्न र थप अवसर सिर्जना गर्न नवगठित समितीले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट