भरतपुर, ३० भदौ ।
गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई काज सरुवामार्फत परिवर्तन गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुने ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई चितवनको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी पठाइएको छ ।
चितवनमा आउन लागेका तामाङ कुशल प्रशासकका रुपमा चिनिन्छन् । उनी यसअघि रुपन्दहीसँगै मकवानपुर, पर्सालगायतका जिल्लामा कमाण्ड सम्हालिसकेका युवा सिडियोको रुपमा परिचित छन् ।




