प्रेस काउन्सिलको वार्षिकोत्सवमा ३५ पत्रकार पुरस्कृत हुँदै

काठमाडौं, ३० भदौ । रासस प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको वार्षिकोत्वसका अवसरमा विभिन्न विधामा ३५ पत्रकारलाई पुरस्कृत गर्ने भएको हो । ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भरतदत्त कोइराला, ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार बद्री विनोद खनाल, ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता […]

चितवनको सिडिओमा आस्मान तामाङ आउँदै

भरतपुर, ३० भदौ । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई काज सरुवामार्फत परिवर्तन गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेका हुने । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई चितवनको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । रुपन्देहीमा गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी पठाइएको छ । चितवनमा आउन […]

चितवनको निषेधाज्ञा असोज १५ गतेसम्म थप, सभा सम्मेलन गर्न अझै रोक

भरतपुर, ३० भदौ । जिल्ला प्रशासन कार्यालय चितवनले असोज १५ गतेसम्म लागू हुने गरि जिल्लाभर निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा बुधबार जारी आदेशमा केही क्षेत्रलाई अझै कडा गर्दै निषेधाज्ञा थप गरिएको हो । प्रशासनले बढी भिडभाड हुने सभा सम्मेलन, प्रदर्शन, भेला, जात्रा तथा महोत्सव संचालनमा रोक लगाएको छ भने त्यतिकै […]

राष्ट्रिय भूमि आयोग गठन : अध्यक्षमा केशव निरौला

भरतपुर, ३० भदौ । सरकारले भूमि आयोग गठन गरेको छ । सरकारले आयोगको अध्यक्षमा नेपाली कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्वअध्यक्ष केशव निरौलालाई नियुक्त गरेको छ । यसअघि उनी कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य थिए । मोरङको कानेपोखरी गाउँपालिकाका निरौला कांग्रेस महासमिति सदस्य हुन् । आयोगको उपाध्यक्षमा भने सरकारले माओवादी समर्थक मीनेन्द्र खड्कालाई […]

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, ३० भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले […]

सन्दीप लामिछाने ओडीआई वरीयतामा समावेश

भरतपुर, ३० भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश भएका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा सन्दीप बलरतर्फ ९१ औं स्थानमा स्थानमा छन् । सन्दीप एकदिवसीयतर्फको वरीयतामा शीर्ष १०० भित्र समावेश हुने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीपले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध खेल्दै ओडीआईमा डेब्यु […]

सम्झौता भएको १७ वर्षपछि वीरगंज आइपुग्यो भारतबाट निजी कार्गो रेल

भरतपुर, ३० भदौ । नेपाल-भारत रेल सेवा सुरुवातको १७ वर्षपछि भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको छ । बुधबार बिहान वीरगंज सुक्खा बन्दरगाहमा कार्गो रेल आइपुगेको हो । हल्दियाबाट ३५ घण्टामा हिम्ड टर्मिनल प्रालिको र्‍याक कार्गो रेल वीरगंज आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । कार्गो रेल बिहान १० बजे […]

१२ कक्षाको परीक्षा आजदेखि सुरु

भरतपुर, ३० भदौ । कोरोना महामारीका कारण पटकपटक स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बोर्डले आजदेखि असोज ८ गतेसम्म होम सेन्टरबाटै दिन मिल्ने गरी परीक्षा तालिका प्रकाशन गरेको थियो । कोरोना महामारीका कारण लकडाउन लागू भएपछि गत बैशाखमा हुनुपर्ने परीक्षा स्थागित भएको थियो । त्यसपछि साउन ३१ देखि भदौ ९ […]