चितवनको निषेधाज्ञा असोज १५ गतेसम्म थप, सभा सम्मेलन गर्न अझै रोक

भरतपुर, ३० भदौ ।
जिल्ला प्रशासन कार्यालय चितवनले असोज १५ गतेसम्म लागू हुने गरि जिल्लाभर निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा बुधबार जारी आदेशमा केही क्षेत्रलाई अझै कडा गर्दै निषेधाज्ञा थप गरिएको हो ।

प्रशासनले बढी भिडभाड हुने सभा सम्मेलन, प्रदर्शन, भेला, जात्रा तथा महोत्सव संचालनमा रोक लगाएको छ भने त्यतिकै मात्रामा भिडभाड हुने साधारणसभा, सम्मेलन, अधिवेशन भने संचालन गर्न दिने निर्णय गरेको छ । कानून बमोजिम गर्नै पर्ने भएकाले साधारणसभा, अधिवेशनहरु संचालन गर्न दिने निर्णय भएको प्रजिअ लामिछानेले बताए । त्यसका लागि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिलाई अग्रिम जानकारी गराउनुपर्ने उनले बताए ।

यस्तै चितनवनमा सिनेमा हल संचालनका लागि अझै निर्णय हुन सकेन । सम्बन्धित व्यवसायीहरुसँग समन्वय गरी कोभिड–१९ को संक्रमण नहुने सुनिश्चिततासहितको मापदण्ड तयार भएपश्चात आवश्यक निर्णय गरिने प्रजिअ लामिछानेले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट