अङ्कुरम् एकेडेमीमा विज्ञानसँग रमाए विद्यार्थी (फोटोफिचर)

भरतपुर, २८ भदौ ।

भरतपुरको अङ्कुरम् एकेडेमीमा सोमबार ग्लो साइन एकेडेमी पर्सामा १० कक्षामा अध्ययनरत सदिक्षा अधिकारीको समूहले थर्मकुल, मार्कर, पेन्सिल र कैँचीको सहायताले बाँध बनाउँदै थियो । पछिल्लो समय अत्याधिक वर्षाका कारण बाढी बस्तीमा पसेको समाचार सुनेकी उनले थर्मकुलको प्रयोग गरेर बाँध बनाएकी हुन् ।


सदिक्षा जस्तै मनशिक्षा मन्दिर स्कुलका विद्यार्थी आदित्य घिमिरेको समुहले पनि स्मार्ट डस्टबीनको निर्माण गरिरहेको थियो । उनीहरु जस्तै अन्य विद्यार्थीले विज्ञान प्रविधिका विभिन्न सामग्री प्रयोग गरेर औषधी बोक्ने ड्रोन, कसैले इलेक्ट्रिक कार, डस्टबीन लगायतका सामान बनाइरहेका थिए ।
नवौं राष्ट्रिय विज्ञान दिवसको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत ‘भविष्य स्ट्रीम च्यालेन्ज’ मा विद्यार्थीहरुले प्रविधिको प्रयोग गरेर विपद् र महामारीमा सिर्जना हुने समस्याको समाधानको लागि आफ्नो सोच अनुसारका सामग्री बनाएका हुन् । ‘चुनौती’ कार्यक्रममा विद्यार्थीहरु आफूले सिकेको ज्ञानलाई प्रयोग गरिरहेका थिए ।


‘विद्यार्थीले कक्षामा सिकेको सीप यहाँ विभिन्न विज्ञान प्रविधिका सामग्री प्रयोग गरेर मोडलकै रुपमा भए पनि आफ्नो सोच अनुसारको प्रयोग गरुन् भन्ने हो’ कारखानाका प्रमुख कार्यकारी पवित्रबहादुर गौतमले बताए । कारखाना शैक्षिक संस्था र अङ्कुरम् एकेडेमीको आयोजनामा कार्यक्रम गरिएको हो ।
अङ्कुरम् एकेडेमी भरतपुरका प्राचार्य सुमन पौडेलले यस्ता रचनात्मक कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकास गर्ने बताए । शैक्षिक क्षेत्रमा केही नयाँ गर्नु पर्छ भन्ने सोच राख्ने अङ्कुरम् एकेडेमीले २ वर्षदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ ।


विद्यार्थीलाई चार जनाको समूहमा छुट्याएर चुनौती दिइएको थियो । ‘यो कुनै प्रतियोगिता होइन । विज्ञान प्रविधि बुझाउन र विपद्मा कस्ता सामग्री बनाउन सकिन्छ भनेर विद्यार्थीको सोच र सीपलाई उजागार गर्ने उद्देश्य हो’ गौतमले भने ।कार्यक्रममा चितवनका २२ वटा विद्यालयका ८० जना विद्यार्थी सहभागी थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट