अङ्कुरम् एकेडेमीमा विज्ञानसँग रमाए विद्यार्थी (फोटोफिचर)

भरतपुर, २८ भदौ । भरतपुरको अङ्कुरम् एकेडेमीमा सोमबार ग्लो साइन एकेडेमी पर्सामा १० कक्षामा अध्ययनरत सदिक्षा अधिकारीको समूहले थर्मकुल, मार्कर, पेन्सिल र कैँचीको सहायताले बाँध बनाउँदै थियो । पछिल्लो समय अत्याधिक वर्षाका कारण बाढी बस्तीमा पसेको समाचार सुनेकी उनले थर्मकुलको प्रयोग गरेर बाँध बनाएकी हुन् । सदिक्षा जस्तै मनशिक्षा मन्दिर स्कुलका विद्यार्थी आदित्य घिमिरेको समुहले […]

सबै मिलेर बनाऔँ क्रिकेट रंगशाला

चितवनको भरतपुर- १५ मा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य चरम आर्थिक संकटको कारण एक महिनादेखि रोकिएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरसँग निर्माण कार्य सुरु गरेको २ वर्षभित्र बनाएर हस्तान्तरण पनि गरिसक्ने सम्झौता गरेको थियो । सम्झौता भएको अढाई वर्ष बितिसक्दा अहिलेसम्म रंगशाला निर्माणको ३५ प्रतिशत काम मात्रै सकिएको छ […]

गैंडाकोटको विकू बचत बेलायतको अचिभमेन्ट फोरममा छनोट

गैंडाकोट, २८ भदौ । विकू बचत तथा ऋण सहकारी संस्था युरोपियन स्तरको फोरममा नोमिनेशन भएको छ । बेलायतको अचिभमेन्ट फोरमले उत्कृष्ट संस्था तथा व्यवस्थापकको विधामा विकूलाई नोमिनेशन गरेको हो । संस्थाले मिक्समार्केट इन्टरनेशनलबाट फाईभ स्टार प्राप्त तथा अन्तर्राष्ट्रिय स्तरको उच्च तहको सेवा र सुविधा प्रवाह गरेको, उच्च वित्तीय सुरक्षा, उच्च वृद्धि दर र उत्कृष्ट व्यवस्थापनका […]

तालिवानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

काबुल, २८ भदौ। अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिवन्ध लगाउने आशंकाकाबीच उनीहरुले विश्वविद्यालय जान दिने बताएका हुन् । तर एउटै कोठामा छात्रा र छात्रलाई सँगै राख्न भने नपाइने तालिवान सरकारका उच्च अधिकारीहरुले जनाएका छन् । विश्वविद्यालयहरुमा महिलालाई पुरुषहरुभन्दा छुट्टै […]

राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह-चितवन गठन

भरतपुर, २८ भदौ । युवा पत्रकार राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन गरिएको छ । चितवनमा रहेर फोटो पत्रकारितामा समेत सक्रिय रहेका पत्रकारहरुको एक भेलाले राजेन्द्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार समूह चितवनको निर्विरोध नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्ष महेश पाण्डे, सचिवमा रामु आचार्य र कोषाध्यक्षमा सन्तोष […]

बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई संरचना निर्माणमा लगाइने

नारायण अधिकारी भरतपुर, २८ भदौ। बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो । प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहयोगमा सौराहाको राप्ती किनारमा रहेको सौराहा भिजिटर सेन्टरलाई आकर्षक बनाउन लागिएको हो । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ चितवनका अगुवाइमा […]

लायन्सचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भरतपुर, २८ भदौ । नारायणगढको लायन्सचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३१ वर्षीय यदुराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिमेन्ट लिएर जनकपुरतर्फ जाँदै गरेको ना८ख ६२४९ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ३९ प २०९३ नम्बरको […]

भरतपुर अस्पतालमा बहिरङ्गको समय बढाइने

भरतपुर, २८ भदौ । चितवनको भरतपुर अस्पतालमा बहिरङ्ग सेवाको समय बढाइने भएको छ । आगामी असोज एक गतेदेखि अस्पतालले बिहान ९ बजेदेखि नै बहिरङ्ग सेवा सुरु गर्न लागेको हो । यसअघि अस्पतालले बहिरङ्ग सेवा बिहान १० बजेदेखि तीन बजेसम्म दिँदै आएको थियो । “अब बिहान एक घण्टा सेवा थप गर्न लागेका छौँ”, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट […]

रत्ननगरमा सिसी क्यामेरा जडान

भरतपुर, २८ भदौ। पूर्वी चितवनको रत्ननगरको मुख्य सहरी क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । रत्ननगर नगरपालिका, स्थानीय व्यवसायी र इलाका प्रहरी कार्यालय रत्ननगरको सक्रियतामा क्यामेरा जडान गरिएको हो । रत्ननगरको टिकौली चोकदेखि तरकारी चोकसम्मको पाँच किलोमिटर सडकमा २२ वटा सिसी क्यामेरा जडान गरिएको हो । रत्ननगर नगरपालिकाले १४ र अन्य व्यवसायीको सहयोगमा ८ सिसी […]

एमालेबिना बसेको सर्वदलीय बैठकले के निर्णय गर्‍याे ?

भरतपुर, २८ भदौ । सभामुख अग्निप्रसाद सापकाेटाले बाेलाएकाे सर्वदलीय बैठक सकिएकाे छ । एमाले सहभागी नभएकाे बैठकले कुनै निर्णय भने गर्न नसकेकाे नेताहरुले बताएका छन् । संघीय संसद् भवनकाे लाेत्से हलमा साेमबार दिउँसाे बसेकाे बैठक कुनै निष्कर्षमा नपुगी सकिएकाे हाे । बैठकपछि पत्रकारसँग कुरा गर्दै लाेकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले बैठकले कुनै निष्कर्ष ननिकालेकाे बताए […]

राेजगारीका लागि इजरायल जानेको भाषा परीक्षा आज

भरतपुर, २७ भदौ । रोजगारीका लागि इजरायल जाने श्रमिक छनाेट गर्न आज भाषा परीक्षा हुँदैछ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज दिउँसो १ बजेदेखि भाषा परीक्षा सुरु हुने वैदेशिक राेजगार विभागले जनाएकाे छ परीक्षाका लागि काठमाडौंमा ११ वटा केन्द्र तोकिएको छ । परीक्षामा ७ हजार ९ जना सहभागी हुने […]

चरम आर्थिक संकटले गौतम बुद्ध क्रिकेट रंगशालाको काम रोकियो

१६ करोड २ लाख उधारो तिर्न बाँकी भरतपुर, २७ भदौ सब कुरा ठीकठाक भएर योजनाअनुसारै काम भइदिएको भए चितवनको भरतपुर–१५ मा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पूरा भएर भरतपुर महानगरपालिकालाई हस्तान्तरण भइसक्नुपर्ने हो । निर्माणको स्वतःस्फूर्त अगुवाइ गरेको सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरसँग निर्माण थालेको २ वर्षभित्र बनाएर हस्तान्तरण पनि […]