एमालेबिना बसेको सर्वदलीय बैठकले के निर्णय गर्‍याे ?

भरतपुर, २८ भदौ ।
सभामुख अग्निप्रसाद सापकाेटाले बाेलाएकाे सर्वदलीय बैठक सकिएकाे छ ।

एमाले सहभागी नभएकाे बैठकले कुनै निर्णय भने गर्न नसकेकाे नेताहरुले बताएका छन् । संघीय संसद् भवनकाे लाेत्से हलमा साेमबार दिउँसाे बसेकाे बैठक कुनै निष्कर्षमा नपुगी सकिएकाे हाे ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै लाेकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले बैठकले कुनै निष्कर्ष ननिकालेकाे बताए । प्रमुख प्रतिपक्षीको उपस्थिति बिना बसेकाे बैठककाे अर्थ नहुने कुरा आफूले बैठकमा राखेकाे पनि उनले बताए ।

राष्ट्रिय जनमाेर्चाकी सांसद् दुर्गा पाैडेलले पनि बैठकमा सदनकाे गतिराेध खुलाउन विषयमा छलफल भएपनि कुनै निष्कर्ष ननिस्किएकाे जानकारी दिईन् । सभामुख सापकाेटाले एमाले संसदीय दलका नेता केपी ओलीसँग सम्पर्क गर्न खाेजेकाे तर फाेन नलागेकाे जानकारी बैठकमा गराएकाे पनि दुर्गाले बताईन् । एमालेबिना बैठक बसेर कुनै समाधान ननिस्कने सुझाव आफूले सभामुखलाई दिएकाे पनि उनले बताइन् ।

बैठकमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाकी सांसद् दुर्गा पौडेल, नेमकिपा सांसद् प्रेम सुवाल, राप्रपा सांसद् राजेन्द्र लिंदेन लगायत सहभागी थिए ।

पार्टीले कारबाही गरेका माधव नेपाल समूह अर्काे दलकाे हैसियतमा सहभागी हुने बैठकमा उपस्थित हुन नसकिने भन्दै एमालेले बैठक बहिष्कार गरेकाे हाे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट