पेरु कम्युनिष्ट क्रान्तिका नेता गोन्जालोको जेलमै निधन

काठमाडौँ, २७ भदौ।

पेरु क्रान्तिका नेता अभिमाइन गुजमान ‘गोन्जालो’को निधन भएको छ । पेरुको क्रान्तिकारी समूह साइनिङ पाथका संस्थापक उनको जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो ।

उनी सन् १९९२ देखि आतंकवाद र देशद्रोहको अभियोगमा आजीवन काराबास भोगिरहेका थिए । पेरुमा वामपन्थी रास्ट्रपति पेद्रो कास्टियो आएपछि उनको रिहाईको माग विश्वभरका वामपन्थीबाट हुँदै आएको थियो ।

पेरुमा एक दशक भन्दा लामो समय माओवादी गुरिल्ला समूह र पेरुको सुरक्षाकर्मीबीच चलेको युद्धको क्रममा झण्डै ७० हजार मानिस मारिएको वा बेपत्ता भएका थिए ।

गोन्जालोलाई २८ वर्ष अगाडि सन १९९२ को सेप्टेम्बर १२ मा राजधानी लिमाबाट पक्राउ गरिएको थियो । गएको जुलाईमा उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

गोन्जालोको जन्म पेरुको दक्षिणी तटीय क्षेत्रमा रहेको मोलेन्दो बजार नजिकै सन् १९३४ को डिसेम्बरमा भएको थियो । आमाको निधन भएपछि उनलाई एक धनी व्यक्तिले हुर्काएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट