अन्नपूर्णा माविमा अक्षयकोष स्थापना

भरतपुर, २७ भदौ । अन्नपूर्णा माध्यमिक विद्यालय भरतपुर-२१ पार्वतीपुर, चितवनमा समाजसेवी धनबहादुर सार्कीद्वारा आफ्ना स्वर्गीय पिता, माता, ठूलोबुवा र ठूलीआमाको स्मृतिमा रु. २ लाख १० हजारको अक्षयकोष स्थापना गरेका छन् । अक्षयकोष रकमको ब्याजबाट यस विद्यालयमा अध्ययन गर्ने अति विपन्न वर्गका विद्यार्थीहरुलाई वर्षेनी छात्रवृत्ति प्रदान गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक बटुकलाल तमाङले बताए । पूर्वप्राथमिक […]

एक वर्षमा सातको ज्यान लियो सेती नदीले

डोटी, २७ भदौ । सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै सेती नदीमा नुहाउने क्रममा सातले अकालमै ज्यान गुमाइसकेका छन् । करिब ३९ वर्ष अघिदेखि ७५० मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने भनी […]

मुन्दुम पदमार्गः जहाँ आँखैमा हिमशृङ्खला टाँसिन्छ

भोजपुर, २७ भदौ । ‘मुन्दुम पदमार्ग’ नेपालको एक छुट्टै पहिचान भएको पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको छ । पूर्वी नेपालका भोजपुर, खोटाङ, सङ्खुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ पदमार्ग ‘मुन्दुम पदमार्ग’ स्थापित भएको हो । किराँत राईको विभिन्न संस्कार, संस्कृतिको आनन्दसँगै प्राकृतिक सौन्दर्यतालाई नियाल्दै पदयात्रा गर्न चाहने पर्यटकको रोजाइँमा पर्ने पर्यटकीय गन्तव्य […]

मर्यादित भएर संसद्मा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, २७ भदौ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलको आज बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उहाँले मर्यादित भएर संसद् अवरुद्ध कायमै राख्न निर्देशन दिएका हुन् । एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले संसद् अवरुद्ध गर्ने, […]

असोज १ गतेदेखि चितवनका शैक्षिक संस्थामा पढाइ हुने

भरतपुर, २७ भदौ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा ३४९ सामुदायिक र १७६ […]

सी डिभिजन क्वालिफायर खेल्ने बीएफसीको बिदाई

भरतपुर, २७ भदौ भरतपुरको प्रतिष्ठित फुटबल क्लब सेन्ट्रल कलेज बिएफसी सी डिभिजन क्लालिफायर खेल्न काठमाडौँ गएको छ । सी डिभिजनमा प्रवेशका लागि काठमाडौँमा हुन लागेको प्रतियोगिता खेल्न विपिन मल्लको कप्तानीमा रहेको टोली आइतबार काठमाडौँ गएको हो । युवा खेलाडीहरूले भरिपूर्ण बिएफसीको टोलीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले […]

चितवनमा घट्दै कोरोना सङ्क्रमण

भरतपुर, २७ भदौ । साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमणदर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा सङ्क्रमण रहेकामा यही भदौ लागेसँगै सङ्क्रमण घट्दै गएर दैनिक ४० हाराहारीमा झरेको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार […]

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ, २७ भदौ। सत्तारूढ गठबन्धनका दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू सहभागी छन्।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई महिना बित्न लाग्दा पनि गठबन्धनले मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन।यसअघि सरकारले गत शुक्रबार संसदमा अध्यादेशमार्फत् ल्याएको […]

पेरु कम्युनिष्ट क्रान्तिका नेता गोन्जालोको जेलमै निधन

काठमाडौँ, २७ भदौ। पेरु क्रान्तिका नेता अभिमाइन गुजमान ‘गोन्जालो’को निधन भएको छ । पेरुको क्रान्तिकारी समूह साइनिङ पाथका संस्थापक उनको जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो । उनी सन् १९९२ देखि आतंकवाद र देशद्रोहको अभियोगमा आजीवन काराबास भोगिरहेका थिए । पेरुमा वामपन्थी रास्ट्रपति पेद्रो कास्टियो आएपछि उनको रिहाईको माग विश्वभरका वामपन्थीबाट हुँदै […]

थारू समुदायले ‘अट्वारी पर्व’ मनाउँदै

देउखुरी, २७ भदौ । थारू समुदायले ‘अट्वारी पर्व ’ आज धुमधामका साथ मनाउँदैछन् । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने ती समुदायले माघीपछिको ठूलो पर्वका रुपमा यसलाई मनाउने गर्दछन् । धार्मिक एवं सांस्कृतिक महत्व बोकेको सो पर्व तीजपछिको पहिलो आइतबारमा व्रत बस्ने र सोमबार सकिने गर्दछ । थारू सस्ंकृतिविद् अशोक थारूका अनुसार […]

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

बागमती, २७ भदौ । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन आउने भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् । स्वास्थ्य मापदण्डलाई पूर्ण पालना, भौतिक दूरी कायम गर्न, भीडभाड हुने सामूहिक कार्य गर्न नगराउन शैक्षिक संस्थालाई […]