भरतपुर, २३ भदौ ।
नारायणगढस्थित सम्पूर्ण किताबले सञ्चालनको तीन वर्ष पूरा गरेको छ । यस अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय आधारभूत विद्यालय इच्छाकामना गाउँपालिका-७ खेतवारीमा कक्षा ६ अध्ययनरत छात्रा रन्जिना चेपाङलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
बरिस्ठ कवि गोविन्दराज विनोदीज्यूले छात्रा चेपाङलाई किताब, कपडा, कापी, कलम, ज्यामिती बक्स, क्यालकुलेटर, बालकथा लगायतका सामग्री सहितको झोला प्रदान गरे । सम्पूर्ण किताबले व्यापार व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाएको भन्दै विनोदीले खुसी व्यक्त गरे ।
कार्यक्रममा विद्यार्थी सहित उपस्थित भएका विद्यालयका प्रधानाध्यापक गोपी सिलवालले सम्पूर्ण किताबले आफ्नो विद्यालयकी छात्रालाई शैक्षिक सामग्री उपलब्ध गराएर उनको पढाइमा सहयोग गरेकोमा सम्पूर्ण किताबलाई धन्यवाद दिए । `यो सहयोगले चेपाङ समुदायलाई नै सम्मान गरेको ठानेको छु´ – प्रधानाध्यापक सिलवालले बताए ।
सहित स्रस्टाहरू भूपिन, ईश्वर कँडेल, सिर्जन अविरल, रामहरि श्रेष्ठ, पुष्प अधिकारी अन्जली, निर्दोष जीवन, सृजन लम्साल, द्वारिका नेपाल, सूर्यप्रकाश कँडेल, लक्ष्मी घिमिरे, मीनराज वसन्त, सिर्जन लम्साललगायतको उपस्थिति थियो ।





