प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

काठमाडौँ, २३ भदौ । सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका हुन् । एमाले सांसदहरूले नाराबाजी गरिरहेकै बेला सभामुखले गृहमन्त्री खाँणलाई अध्यादेश पेश गर्न समय दिएका थिए । गृहमन्त्रीले अध्यादेश पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको […]
सम्पूर्ण किताबको वार्षिकोत्सवमा चेपाङ छात्रालाई शैक्षिक सामग्री

भरतपुर, २३ भदौ । नारायणगढस्थित सम्पूर्ण किताबले सञ्चालनको तीन वर्ष पूरा गरेको छ । यस अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय आधारभूत विद्यालय इच्छाकामना गाउँपालिका-७ खेतवारीमा कक्षा ६ अध्ययनरत छात्रा रन्जिना चेपाङलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । बरिस्ठ कवि गोविन्दराज विनोदीज्यूले छात्रा चेपाङलाई किताब, कपडा, कापी, कलम, ज्यामिती बक्स, क्यालकुलेटर, बालकथा लगायतका सामग्री सहितको झोला प्रदान […]
स्वास्थ्यलाई जोखिममा नपारी खाऔँ दर

भरतपुर, २३ भदौ । भाद्र शुक्ल तृतीयाका दिन पर्ने हरितालिका तीजलाई सम्पूर्ण हिन्दू महिलाहरूको प्रमुख व्रतका रूपमा लिइन्छ । परापूर्वकालमा भगवान् शिव पति पाऊँ भनी पार्वतीले तीजको व्रत बसेकी र सोही व्रतका प्रभावले महादेवलाई पतिका रूपमा पाएकी भन्ने पौराणिक कथाका आधारमा अहिले पनि महिलाहरूले व्रत बस्दै आएका छन् । भगवान् शिवका शक्तिपीठमा पूजाआजा गरी साथीसँगी […]
संघीय संसदको दशौँ अधिवेशन आजदेखि

भरतपुर, २३ भदौ । संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् । सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुने […]
२०७८ भदौ २३ गते बुधबारको कायाकैरन दैनिक (E-Paper)