भरतपुर, २३ भदौ ।
संघीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् ।
सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुने बताइएकाे छ ।
गत साउन ३२ गते सदनको नवौँ अधिवेशनको अन्त्य भएको थियो ।
सत्तारुढ दल नेपाली कांग्रेसले आज बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।
मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले अनिवार्य उपस्थित हुन सबै सांसदलाई निर्देशन दिएका थिए ।
बैठकमा देउवाले एमसीसीबारे बुझेर मात्रै बोल्न सांसदलाई निर्देशन दिएका थिए ।





