भरतपुर, २१ भदौ ।
मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेको छ । यससँगै १२औँ राष्ट्रिय जनगणना आगामी मंसिर ९ गतेभित्र सम्पन्न हुने भएको छ ।
कात्तिक २५ गतेबाट देशभरि एकसाथ राष्ट्रिय जनगणना सुरु हुने र मंसिर ९ गतेभित्र सम्पन्न हुने तथ्यांक विभागको कार्यतालिका छ । विभागले यसअघि छनोट गरिएका ८ हजार सुपरीवेक्षकलाई पुनः नियुक्त गर्ने भएको छ ।
जनगणना कार्यमा खटाउन यसअघि नै अनलाइनमार्फत आवेदन दिएका सुपरीवेक्षक र गणकलाई भदौ २७ र २८ गते केन्द्रीय स्तरमा तालिम दिइने भएको छ । तालिमपछि सुपरीवेक्षकलाई २० दिनसम्म घरपरिवार सूचीकरणमा खटाइनेछ ।




